Comments Add Comment

पञ्चमी नुहाउन गएका दुई किशोरीको बाढीले बगाएर मृत्यु, एक वेपत्ता

२९ भदौ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा ढोंगही खोलामा आएको बाढीले बगाउँदा दुईजना किशोरीको मृत्यु भएको छ । एक बालिका वेपत्ता भएकी छन् ।

बहुदरमाई नगरपालिका-७ बस्ने खोभारी रौनियारकी छोरी १४ वर्षीया पिंकीकुमारी र मनोज जयसवालकी १४ वर्षीया छोरी मुन्नी जयसवालको मृत्यु भएको हो ।

पिंकीकी बहिनी १२ वर्षीया रिंकीकुमारी अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

उनीहरुलाई बहुदरमाई नगरपालिका-७ स्थित ढोङ्गही खोलाको पुलमुनी पञ्चमी नुहाउन गएका अचानक आएको बाढीले बगाएको थियो ।

पिंकीलाई तत्कालै उद्दार गरेर उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने मुन्नीको शव पछि खोलाबाट निकालिएको थियो ।

उनीहरुसँगै स्थानीय १५ बषिर्य विजय पटेललाई पनि खोलाले बगाएको थियो । उनलाई उद्दार गरेर प्राथमिक उपचार पछि घर पठाइएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनको शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment