Comments Add Comment

सर्वोच्चको आदेश मिच्दै प्रकाण्ड फेरि पक्राउ

२९ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा फेरि पक्राउ परेका छन् । शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका क्रममा सर्वोच्च अदालतमा ल्याइएका उनलाई अदालतबाट बाहिर निस्कने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च परिसरबाट बाहिर निस्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेेको हो ।

गत असारमा चन्दा उठाएको आरोपमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका प्रकाण्ड पटक पटक बन्दी प्रत्यक्षीकरण रिटमार्फत छुटे पनि प्रहरीले अर्को अभियोगमा अनुसन्धान गर्ने भन्दै पक्राउ गर्दै आएको छ ।

सर्वोच्चले शुक्रबारमात्रै प्रकाण्डलाई पटक पटक पक्राउ गरेको भन्दै अवहेलनमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment