Comments Add Comment

नाडामा लेजेन्ड ब्रान्ड जिपको कम्पास र रेंगलरले खिच्यो धेरैको ध्यान

२९ भदौ,काठमाडौं । नेपालमा हालै प्रवेश गरेको नयाँ ब्रान्ड हो, जिप । नयाँ कारको आगमनसँगै पछिल्ला वर्षहरुमा नेपाली अटोबजार तीव्र गतिमा विस्तार भइरहेको समयमा जिपको प्रवेशले नयाँ तरंग ल्याएको छ । अमेरिकी लेजेन्ड जिपका दुई गाडी नेपाल आइसकेका छन् । नाडाका अवसरमा सार्वजनिक भएका यी गाडीले धेरैको ध्यान खिचेको छ ।

संसारकै पहिलो एसयुभी भनेर चिनिने जिप ब्रान्ड कम्पासलाई सार्वजनिक गरेर औपचारिक रुपमा नेपाल भित्रिएको छ ।

शक्तिशाली अफरोड एसयुभीको सबैभन्दा ठूलो लाइनअप भएको जिप गत वर्ष भारतमा प्रवेश गरेको थियो । पहिलो वर्षमै २६ हजार ओटा विक्री भएर जिप कम्पासले भारतीय अटो क्षेत्रमा तहल्का मच्चाइरहेको छ । त्यहिँ जिप कम्पास यो वर्षको नाडा अटो शोको प्रमुख आकर्षण बनेको छ ।

जिप कम्पास ग्रान्ड चेरोकीको प्रिमियमनेस र रेंगलरको कठोरताको समिश्रण हो । कम्पासको डिजाइन जिपका अन्य एसयुभीसँग मिल्छ । अझ यसलाई ग्रान्ड चेरोकीको सानो रुप भन्दा पनि हुन्छ ।

कम्पासमा जिपको सिग्नेचर सेभेन स्लट गि्रल र दुई छेऊमा ठूला हेडलाइट छन् । डेलाइट रनिंग ल्याम्पले सडकमा कम्पासको उपस्थितिलाई जबरजस्त बनाइदिन्छ । बम्परमा फग लाइट र डुअल टोन इफेक्ट पनि देख्न सकिन्छ । यसको एसयुभी प्रोफाइलाई १८ इन्चका ठूला चार वटा पांग्राले झल्काउँछ । डिजाइन ल्यांग्वेज बोल्ड छ ।

कम्पास १.४ (मल्टिएयर पेट्रोल) र २.० (मल्टिजेट डिजेल) इन्जिनमा उपलब्ध छ । १.४ लिटरको इन्जिनले १६२ पीएस र २५० एनएमको टर्क उत्पन्न गर्छ भने २.० लिटर इन्जिनले १७३ पीएस र ३५० एनएम टर्क उत्पन्न गर्छ ।

पेट्रोल इन्जिनमा ६ स्पिड म्यानुअल गियर बक्स वा ७ स्पिड डीसीटी अटोम्याटिक गियरबक्स छ भने डिजेल इन्जिनमा ६ स्पिड म्यानुअल इन्जिन छ । पेट्रोल भेरियन्ट ४बाई२ सेटअपमा मात्र उपलब्ध भने डिजेल भेरियन्ट ४बाई२ र ४बाई४ दुवैमा उपलब्ध छ ।

कम्पास स्पोर्ट, लंगिच्युड र लिमिटेड गरी तीन विकल्पमा उपलब्ध छ भने यसको मूल्य ६८.५ लाखदेखि ९६.५ लाखसम्म पर्छ ।

नेपालमा पहिलो पटक आधिकारिक रुपमा आउन लागेको जिपले आफ्नो लेजेन्डरी मोडेल रेंगलर पनि नाडामा प्रदर्शनीमा राखेको छ ।

विश्व बजारमा हेर्ने हो भने जिप रेंगलरको ‘लोयालिटी’ उच्च र फ्यान संख्या तीव्र रुपमा बढ्दो छ । जिप रेंगलरको पहिलो पुस्ता निर्माण भएको दशकौं भइसकेको छ ।

जिप रेंगलरको डिजाइन ‘आइकनिक’ छ । पछिल्लो पुस्ताका रेंगलरहरुले पनि ‘रग्डनेस’लाई कायमै राखेको छ । जिप रेंगलर त्यस्ता सीमित सवारीमध्ये पर्छ जसको पारम्परिक लुक्स र डिजाइन दशकौंसम्म उस्तै कायम राखिएको छ । ठूलो बम्पर, आइकनिक गि्रल र ठूल्ठूला टायर, यस्तो स्टाइल जिप रेंगलरबाहेक अरु कुनै गाडीमा छैन ।

नेपालमा आएको रेंगलर अनलिमिटेडमा २.८ लिटरको इन्जिन रहेको छ । ६ सिलिन्डर भएको यो एसयुभीमा ५ स्पिड अटोम्याटिक गियर रहेको छ । अलह्विल ड्राइभ रेंगलरले ६३५० आरपीएममा अधिकतम २०० एचपी शक्ति र ४३०० आरपीएममा अधिकतम ३४० एनएम टर्क उत्पन्न गर्छ ।

अफरोड किंग रेंगलमा सुरक्षाका लागि ड्राइभर र फ्रन्ट पेसेन्जर एयर ब्याग छन् भने एबीएस विथ इलेक्ट्रोनिक स्टाबिलिटी एन्ड ब्रेक असिस्ट, इमोबिलाइजर, सेक्युरिटी अलार्म, स्टाबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डोर लक, ब्लाइन्ड स्पट डिटेक्सनजस्ता फिचर छन् । लाइफ अटोमोबाइलले यसको मूल्य सार्वजनिक नगरे पनि यसको मूल्य साढे दुई करोड रुपैयाँ हाराहारी हुने अनुमान छ ।

के हो जिप ?

अमेरिकाको सबैभन्दा बढी रुचाइएको अफरोड अटो ब्रान्ड जिपले गत वर्षबाट भारतबाट पनि उत्पादन सुरु गरेको थियो । एक वर्षभन्दा कम अन्तरालमा भारतमा २० हजारभन्दा बढी वटा कम्पास विक्री भइसकेको छ । जिप इन्डियाले अर्को वर्ष आफ्नो कम्प्याक्ट एसयुभी रेनेगेडलाई बजारमा ल्याउने अपेक्षा गरिएको छ । यीबाहेक रेंगलर र ग्रयान्ड चेरोकी पनि जिपका चर्चित भेरियन्टहरु हुन् ।

जिपको सुरुवात दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा भएको थियो । अमेरिकी सेनालाई युद्धमैदानमा निकै सहयोग गरेकै कारण जिपलाई अमेरिकामा देशभक्त ब्रान्डका रुपमा लिइन्छ । युद्धमैदानमा आवागमनका लागि घोडा र मोटरसाइकलको प्रयोग हुन्थ्यो तर यी दुवै निकै अफ्ठेरा साधन थिए । सेनालाई हलिुको नयाँ युटिलिटी भेहिकलको आवश्यकता थियो । त्यहिँ बेला निर्माण थालिएको जिपले दोस्रो विश्वयुद्धमा अमेरिकी सेनालाई ठूलो राहत दिएको थियो ।


सन् ३० को दशकको उत्तरार्धमा अमेरिकाले युद्धको अनुमान गरिसकेको थियो । त्यसैले, मोटरसाइकल र घोडाको सट्टा सबै भौगोलिक अवस्थामा गुड्ने एउटा साधनको डिजाइन उपलब्ध गराउन आवेदन आहवान गरेको थियो । आवेदकमध्ये बान्टम कार कम्पनीलाई जिपको डिजाइन बनाउन अनुमति दिइयो र पहिलो जिप १९४० को २३ सेप्टेम्बरमा तयार भयो । तर बान्टमले मागअनुसारको आपुर्ति गर्न नसक्ने भएपछि २६०० वटा जिपको सम्झौता रद्द भयो । त्यसपछि विलिस-ओभरल्यान्डले यसको जिम्मा पायो र ‘एमए’ नामको प्रोटोटाइप जिप तयार भयो । चाँडै नै ‘एमए’ ‘एमबी’मा परिणत भयो र सन् १९४१ को जुलाईमा सेनालाई हस्तान्तरण गरियो ।

‘एमबी’को नाम कसरी ‘जिप’ रहन गयो भन्नेमा धेरै बहस हुने गरेको छ । ‘जिप’ले तात्कालीन कार्टुन पात्र ‘युगेन द जिप’बाट नाम पाएको भन्नेहरु धेरै छन् । केहीले सेनाले ‘जेनेरल पर्पस’ यानि ‘सामान्य प्रयोजन’का लागि प्रयोग गर्ने भएकाले त्यसको छोटो रुप ‘जिपी’बाट अपभ्रम्स भएर ‘जिप’ भएको भन्नेहरु पनि छन् ।

दोस्रो विश्वयुद्धमा जिप अमेरिकी सेनाको लोकप्रिय साधन थियो । युद्धाताका करिब ६ लाख ५० हजार एमबी जिप उत्पादन भएको थियो र युरोप र प्रशान्त क्षेत्रमा भएका युद्धमा महत्वपूर्ण भूमिका खेलेको थियो । जिप करिब सबै गठबन्धनले प्रयोग गरेका थिए । जस्तो कि रुसले पनि करिब पाँच हजार वटा जिप युद्धमा प्रयोग गरेको थियो । यसलाई सैन्य यातायात, हतियार आपुर्ति, एम्बुलेन्स, कमान्ड कार, र सप्लाई ट्रेलरका रुपमा पनि प्रयोग गरिएको थियो । भौगोलिक विकटता भएका क्षेत्रमा पनि यसको ‘स्पिड, भर्साटाइलिटी र एबिलिटी’माथि पूर्ण विश्वास थियो । यहिँ साधनकै कारणले पनि अमेरिकी गठबन्धनले दोस्रो विश्वयुद्ध जितेको बताइन्छ ।

युद्धमा देखाएको यसको पर्फमेन्सका कारण सैनिकमाझ जिपको लोकपि्रयता धेरै थियो । युद्ध सकाएर घर र्फकने सैनिक जवानहरुले बढी उत्पादन भएका जिप किनेर घर लगेका थिए । सरकारले युद्धमा प्रयोग भएका हजारौं जिप अमेरिकी सर्वसाधारण र सरकारी कार्यालयहरुलाई बचेको थियो । जिपको माग बढ्दै गएपछि नागरिक प्रयोजनका लागि जिपको डिजाइन गरियो र उत्पादन थालियो ।

दोस्रो विश्वयुद्धको एमबी जिप ४*४ को विरासत अझै पनि बाँकी छ । जिप रेंगलर र अन्य मोडेलमा अझै पनि त्यो जिपको झल्को देख्न सकिन्छ । तपाईंलाई विश्वास नलागे यसको बढी स्टाइल, गि्रल र क्षमता जाँच्न सक्नु हुन्छ । यी सबै गुण सन् १९४१ को एमबीबाट प्रभावित छन् ।

जिपको उत्पादन सुरु भएको ७७ वर्ष भइसकेको छ तर यसको क्रेज अझै पनि उस्तै छ । कारण जिपको स्वामित्व रहेको फियाट् क्रिस्लर अटोमोबाइल्सले समानुकुल मोडेलका जिप बजारमा ल्याइरहेको छ । भर्खरै मात्र पनि उसले २०१८ मोडेलको जिप रेंगलर सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment