Comments Add Comment

नाडामा यामाहा स्टलमा युवाको भीड, आर १५ भी३ आकर्षणको केन्द्रमा

२९ भदौ, काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो मा यामाहाको शो रुममा दर्शकको ठूलो घुइाचो छ । सो स्टलमा यामहाको आर१५ भी३ युवाहरुको आकर्षणको केन्द्र बनेको छ । नाडा अटो सोको पहिलो लामो समयदेखि नेपाली राइडरले कुरिरहेको यो स्पोर्टबाइकको तेस्रो संस्करण सार्वजनिक गरिएको थियो ।

‘पहिलो दिनदेखि नै भिजिटरहरु नयाँ बाइकमा झुम्मिएको हामीले पाएका छौं । त्यसो त यो बाइक वान अफ द मोस्ट अवेटेड बाइक हो,’ यामाहाका मार्केटिङ म्यानेजर शंकर श्रेष्ठले भने, ‘यसको बुकिंगको संख्याबाट हामी निकै उत्साहित छौं ।’ उनका अनुसार आर१५ भी३ को मूल्य चार लाख १७ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

यामाहा आर१५ भी३मा अघिल्लो पटकभन्दा ठूलो १५५ सीसीको सिंगल सिलिन्डर, एसओएचसी, लिक्विड कुल्ड, भीभीए -भेरिएबल भल्भ एक्चुएसन) फोर स्ट्रोक इन्जिन जडान गरिएको छ । ६ स्पिड ट्रान्समिसनसँग जोडिएको यो इन्जिनले १०००० आरपीएममा अधिकतम १९.३ एपी पावर र ८५०० आरपीएममा अधिकम १४.७ एनएम टर्क उत्पन्न गर्न सक्छ । यसको अधिकतम गति एक सय ४३ किलोमिटर प्रति घन्टा रहेको छ ।

नयाँ बाइक अघिल्लो पुस्ताभन्दा बढी स्पोर्टी र शार्प देखिन्छ । यसको डिजाइन वाईजीएफ आर१२५ र वाईजीएफ आर६बाट प्रभावितछ । यसको अगाडिको भागलाई धेरै अपडेट गरिएको छ र लिड हेल्याम्प क्लस्टरलाई सेन्ट्रल भेन्टले छुट्याएको छ जसले एरोडाइनामिक्समा मद्दत गर्छ । आर१५ भी३ को अगाडिमो भाग बढी मस्कुलर देखिन्छ । डेल्टाबक्स च्यासिसमाथि बनेको नयाँ रेसिंग बाइकमा एरोडाइनामिक्समा धेरै सुधार गरिएको छ । यसमा नयाँ डिजिटल इन्स्ट्युमेन्ट क्लस्टर लगाइएको छ ।

अघिल्लोभन्दा २५ एमएम छोटो ह्विलबेस भएको भी३को सिट हाइ पाँच एमएमले बढाएर ८१५ एमएम बनाइएको छ र यसले राइडिंगलाई एग्रेसिभ बनाएको छ । यसको वजन एकसय ३७ किलो रहेको छ । यसमो टेलिस्कोपिक फ्रन्ट फोर्क र मोनोक्रस रियर सस्पेन्सन छ ।

आर१५ भी३ मा स्पलिट सिट रहेको छ जसले स्पोर्टी अपिललाई झन बढाएको छ । स्लिक टेललाइट, रियर मडगार्ड र माथि उठाइएको मेसिन गन मजलमा भने परिवर्तन गरिएको छैन ।

यामाहाको नयाँ डर्ट बाइक एक्सटीजी १२५

डर्ट बाइकप्रेमीहरुका लागि यामाहाले एक्सटीजी१२५ पनि ल्याएको छ । पसहर र अफरोटमा पनि राम्रो पर्फमेन्स दिने यो बाइक सबैभन्दा विश्वसनीय डर्ट बाइकमध्ये पर्छ ।

यसमा ११ लिटरको फ्युल ट्यांक रहेको छ । अफरोडमा पनि यसको लामो सस्पेन्सनले आरामदायी यात्राको अनुभव दिलाउँछ । नेपालमा यसको बजार मूल्य तीन लाख ८० हजार राखिएको छ ।

रे जेडआर ‘स्ट्रिट र्‍याली’

‘स्टि्रट र्‍याली’ एडिसनको डिजाइन यामाहाका विश्वमै प्रतिष्ठित मोटरसाइकलबाट प्रभावित छ । साथै, नयाँ स्कुटरमा अद्वितीय स्पोर्टी ग्राफिक्स् छन् जसले रे जेडआर डिजाइन ट्रेन्डलाई थप ‘बोल्ड’ र ‘मस्कुलिन’ बनाएको छ । नेपालमा यामाहा रे जेडआर ‘स्टि्रट र्‍याली’को बजार मूल्य  २ लाख ०८ हजार ९०० रूपैयाँ तोकिएको छ ।


नयाँ ‘स्टि्रट र्‍याली’ एडिसन दुई फरक रंग- र्‍याली रेड र रेसिङ ब्लु- मा उपलब्ध छ । यसको फ्रन्ट डिजाइन यामाहाको चर्चित एमटी-०९ बाट प्रभावित छ । यसले विन्ड डिफ्लेक्टरको मात्र काम गर्दैन, स्कुटरलाई थप स्पोर्टी पनि बनाएको छ । साथै, नयाँ ‘नकल गार्ड’ले हेन्डल गि्रपमा हावाको गतिलाई छेक्छ भने फ्रन्ट फेन्डरले हिलो छ्यापिनबाट बचाउनुका साथै स्पोर्टी अपिललाई बढाएको छ । स्पोर्टी मिरर, फुल्ली डिजिटल मिटर र ‘राइजिङ एयर टेल’ नयाँ फिचरहरु हुन् ।

रे जेडआर ‘स्टि्रट र्‍याली’ एडिसनमा पनि ‘कन्टिनियसली भेरियबल ट्रान्समिसन’ (सीभीटी) युनिटसहितको एअर-कुल्ड, ४ स्ट्रोक, एसओएचसी, २-भल्भ, ११३ सीसीको ‘ब्लु कोर’ इन्जिन रहेको छ जसले स्थिर ‘एसिलेरेसन’ र पिकअप दुवै दिलाउँछ । अगाडि रहेको १७० एमएम डायमिटरको डिस्क ब्रेक र एलोई ह्विलले स्कुटरलाई नियन्त्रण गर्न सहज बनाउँछ । साथै, यसमा २१ लिटर क्षमताको सिट स्टोरेज, आधा लिटरको बोटल अट्ने पकेट, कि सेक्युर गि्रप सिस्टम, आकर्षक टेल लाइट, दुई तहको आरामदायी सिटजस्ता अन्य फिचर छन् ।

नेपाली बजारको आवश्यकतालाई ध्यानमा राखेर यामाहाले स्कुटरको सबैभन्दा ठूलो लाइनअप तयार गरेको छ । बजारमा युवालाई लक्षित गरी रे जी, फेसनप्रति सचेतका लागि फेसिनो र बोल्डनेस चाहनेका लागि रे जेडआर उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment