Comments Add Comment

६ महिने अवधिमा शान्ति सुरक्षा सबैभन्दा राम्रो : गृहमन्त्री

२९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको ६ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् ।

संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सरकारको ६ महिना लाजमर्दो कालखण्ड भएन र भन्ने प्रश्न गरेका थिए । तर, गृहमन्त्री बादलले त्यसको खण्डन गरे ।

शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले ६ महिने कार्यकाल राम्रो भएको दाबी गरे । उनले भने, ‘सरकारको निश्कर्ष छ महिनाको कालखण्डमा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण छ महिनामा सबैभन्दा राम्रो भएको छ ।’

गुण्डागर्दी निस्तेज, तस्करका सञ्जाल ध्वस्त पार्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने काम भएको भन्दै गृहमन्त्री बादलले भने, ‘यो ६ महिनामा जति हत्या, बलात्कारका घटना भएका छन्, यो भन्दा अगाडिका कार्यकालमा बढी भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment