Comments Add Comment

चोटले समस्यामा मालकोम

२९ भदौ, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन फरवार्ड मालकोमले ला लिगामा रियल सोसिडाडविरुद्धको खेल गुमाउने भएका छन् ।

अभ्यासको क्रममा गोलिगाँठामा लागेको चोटका कारण उनले रियल सोसिडाडविरुद्धको खेल गुमाउने भएका हुन् ।

सेप्टेम्बरको सुरुवातमै अभ्यासको क्रममा २१ वर्षका मालकोमको गोलिगाँठामा समस्या देखिएको थियो । उनको चोट एक हप्तामै ठीक हुने भनिए पनि अझै ठीक हुन सकेको छैन ।

घाइते रहेका डेनिस स्वारेज भने अहिले ठीक भएको बार्सिलोनाले जनाएको छ । बार्सिलोना र रियल सोसिडाडबिचको खेल शनिबार राति हुनेछ ।

तीन खेलमा तीनै खेल जितेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा एकमा हार, एक जित र एक बराबरी गरेको रियल सोसिडाड आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment