Comments Add Comment

विश्व साइकलयात्री पुष्कर शाह गीत गाउँदै रकम जुटाउँदै

सिड्नी । नेपालका विश्वसाइकल यात्री पुष्कर शाहले अष्ट्रेलियाका खडेरी पीडित किसानलाई सहयोग गर्न थालेका छन् । उनी सहयोगका लागि मेलबर्नबाट शनिबार बिहान सुक्खा पीडित किसान भएको अल्बेरी र वागा वागा भन्ने स्थानमा आइपुगेका छन् ।

उनले मेलवर्न, अल्बेरी र वागा वागामा सडकमा गीत गाएर केही रकम जुटाएका छन् । उनलाई मेलवर्न बस्दै आएका युवा विकास खनालले मादल बजाएर सहयोग गरेका छन् । पुष्कर आफैले गितार बजाएका छन् ।

उनले रेशम फिरिरि, कलकत्ते काइँयो, सिन्धुलीगढी घुमेर हेर्दा जस्ता गीत गाएर सडकबाटै सहयोग जुटाएका छन् ।

वागावागाको रिभेरिनाका नेपाली समुदायले पुष्कर शाहको स्वागत गरे । र, उनको अभियानमा ३५० डलर सहयोग गरे । वागावागामा ८० नेपाली परिवार बस्छन् ।

यसअघि शाहले मेलवर्नमा अल्बेरीमा ५०० डलर संकलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment