Comments Add Comment

सफाइका लागि ५ वटा नयाँ जेट मेसिन काठमाडौंमा

३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा आएको छ । १३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५ हजार लिटर क्षमताका रहेको महानगरपाालिकाले जनाएको छ ।

५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्यांकी छन् । थुनिएको ढल तानेर सानो ट्यांकीमा राखिन्छ भने ठूलो ट्यांकीमा भएको सफा पानीले फोहोर भएको ठाउँमा सफाइ गरिन्छ ।

यो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहोर तान्न र अर्को जेट सफा गर्न जानु पर्दैन । हरेक बर्षको सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसरमा पारेर जेट मेसिनहरु प्रयोगमा ल्याइएका हुन् । मेसिनमा रहेको हाइ प्रेसर पम्प र १२० मिटरको जेटिङ पाइप भएकाले ढल खोल्ने काम छिटो गर्न सकिने महानगर पालिकाले जनाएको छ । जेटमा भएको स्प्रे गनले विरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिनेछ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापनप्रति सबैले जिम्मेवारी वोध गर्ने हो थोरै उपकरणले पनि सरसफाइलाई दिगो बनाउन सकिने अवस्थाका वावजुद पनि महानगरले सहर सरसफाइका लागि अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको बताए ।

 कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नागरिकले महसुस गर्ने गरीको सफा सहर बनाउन हतार भइसकेको बताए ।

‘हाम्रो काम गर्ने शैलीमा पनि केही परिवर्तन गर्नुपर्छ,’ उनले भनिन्,’सडक बढारेर ढलको मुखमा लगेर थुपार्नु हुँदैन । यसले सडक एकछिनलाई सफा होला तर ढल थुनिएर अर्को समस्या सिर्जना हुन्छ ।’

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले दिवसमा गरिएको कार्यक्रम र त्यस कार्यक्रममा सहभागी मानिसको संख्या हेरेर नभई त्यसपछि पर्ने प्रभावलाई हेरेर कार्यक्रमको मुल्यांकन गर्नुपर्ने धारणा राखे ।

महानगरको वातावरण व्यवस्थापन विभागको अगुवाईमा विशेष सरसफाइ कार्यक्रम अन्र्तगत रत्नपार्क रानीपोखरी, बागबजार, पुतली सडक, भृकुटीमण्डप हुँदै बागबजारसम्मको क्षेत्रमा सफाइ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment