Comments Add Comment

नाडामा निसानःयी कारले छाड्दैछन् उपभोक्तामाझ प्रभाव

३० भदौ, काठमाडौं । पायोनियर मोटोकर्पलाई नेपालको लागि निसान गाडीको आधिकारिक बिक्रेता नियुक्त भएको एक वर्ष मात्रै बित्यो । तर, कम्पनीले एक वर्षकै बीचमा नेपाली उपभोक्तमा माwm निसानलाई एउटा विश्वसनीय ब्राण्डका रुपमा चिनाउन सफल भएको छ ।

कम्पनीका विभिन्न गाडीहरु अहिले नेपाली बजारमा निकै रुचाइएका छन् । निसानका गाडीले नेपाली उपभोक्तामाझ राम्रो प्रभाव छाडेको कम्पनी बताउँछ । अहिले नाडा अटो-शोमा निसानका गाडी बुक गर्ने दर्शकको ठूलो भीड छ । ग्राहकबाअट उत्साहजनक प्रतिक्रिया आइरहेकाले कम्पनी उत्सााहित छ ।

विश्वसनीय ब्राण्ड भएकाले निसानमा धेरै उपभोक्ताले रुचि देखाएका छन् । अधिकांश ग्राहकको चाहाना नै स्थापित ब्राण्डको गाडी किन्न हुन्छ । त्यसैले निसान नेपाल ग्राहकको भरपदर्ने विकल्प बनेको पायोनिर माटोकर्पले जनाएको छ । निसानका केही गाडीहरुलाई उपभोक्ताले निकै रुचाएका छन् ।

माइक्रा एक्टिभ

निसान माइक्रा एक्टिभ१.२ लिटर पेट्रोल इन्जिन सहितको आकर्षक गाडी हो । शानदार बनावटका साथै यसमा उपलब्ध सुबिधाहरु पनि अन्तर्राष्ट्रिय स्तरका छन् ।

स्टीरीङमा अडियो कन्ट्रोल, ब्लुटुथ सुबिधा, चालकको सिटको उचाई मिलाउने सुविधाका साथै यसमा रहेका एयरब्यागले सुरक्षाको सही प्रत्याभूति गराउँछ । कम्पनीद्वारा जारी विज्ञप्तिमा यो गाडी आजको स्मार्ट युवा पुस्तालाई लक्षित गरिएको छ ।

नयाँ सन्नीले निशानको अवधारणा ‘इनोभेसन एण्ड एक्साइटमेन्ट’ लाई आत्मसाथ गरेको छ । शानदार बनौटका साथै यस गाडीको आन्तरिक सजावट तथा सुविधाहरु अतुलनीय छन् ।

विश्वभरिनै यो गाडीले आफ्नो बनावट तथा गुणस्तरीयताबाट सबैको मन जितिसकेको छ । यस गाडीमा अत्याधिक स्पेसका साथै यात्रुको निमित्त पर्याप्त स्थान र सम्पूर्ण व्यक्तिको निमित्त पुग्ने हेड स्पेस रहेको छ ।

गाडीमा प्रयोग गरिएको सम्पूर्ण सामग्रीहरु अति नै गुणस्तरीय रहेको कम्पनीले जनाएको छ ।

‘टेरानो’

‘न्यू टेरानो’ निसानको अर्को उत्कृष्ट उत्पादन होे । जसमा २२ नयाँ आकर्षक बिशेषताहरु छन् । टेरानोले स्मार्ट र वोल्डको अनुभूति ग्राहक वर्गलाई दिलाउँछ । शानदार बनोटका साथै यस गाडीका आन्तरिक सजावट अतुलनीय छ ।

आजकलको यूवा पुस्तालाई लक्षित गरी सडकमा बोल्ड रुपमा उपस्थिति जनाउन एसयूभीले युवा वर्गका इच्छालाई आत्मासात गरेको छ ।

विश्व प्रख्यात निसान एसयूभीले एकदमै नयाँ आन्तरिक अत्याधिक स्पेस र स्मार्ट बिशेषताहरु सहित यसलाई प्रस्तुत गरेको छ । यसमा भएको स्मार्ट र बोल्ड विशेषताहरुले ग्राहकवर्गको ड्राइभिङ आरामदायी, सजिलो र रोमान्चक बनाउने कम्पनी बताउँछ ।

न्यू टेरानोमा पि्रमियम डुअल टोन इन्टेरियर, क्रुज कन्ट्रोल, ७.० टच स्क्रीन नेभिगेसन सिस्टम, स्टिेरिङ माउण्टेड अडियोरफोन कन्ट्रोल, वान टच लेन चेन्ज इन्डिकेटर, एन्टि पिच ड्राइभर साईड विन्डो र न्यू स्टेरिङ व्हिल डिजाइन सहितका २२ नयाँ विशेषताहरु छन् । सबै विशेषताहरुको संयोजनले ड्राइभिङको अनुभव थप आरामदायी र रोमान्चक बनाउँछ ।

नेपाल लगायत सार्क देशहरुलाई लक्षित गरी दुबै शहर र वाहिरका अप्ठ्यारा बाटो समेतलाई ध्यान दिई निसान ग्लोबलले बनाएको एसयूभीको निसान टेरानो एक उदाहरण हो ।

न्यू टेरानोमा ६ स्पिड अत्याधुनिक अटो ड्राइभमा पनि उपलब्ध छ । जसमा गियर सिस्टम कम्प्यूटरद्वारा नियन्त्रण गरिन्छ र यसले शहरको ट्राफिक होस् वा हाइवे सबैतिर एकदमै आनन्दको ड्राइभिङ अनुभव दिन्छ ।

न्यू निसान टेरानो कार विभिन्न थरीमा उपलब्ध छन् र यी एकदमै प्रतिस्पर्धात्मक मूल्य निर्धारण गरीएको छ, जुन आˆनो तहको गाडीमा एकदमै आकर्षक मूल्य भएको कम्पनी बताउँछ ।
निसान टेरानो एकदमै उत्कृष्ट इन्जिनियरिङ तथा आकर्षक र बलियो डिजाइनमा निर्माण गरिएको छ । यसमा उपलब्ध सुबिधा र यसको बनावटले जुनसुकै किसिमको सडकमा पनि आरामदायी यात्रा गर्न सकिन्छ ।

यो गाडीमा २०५ मिलिमिटरको उच्च ग्राउण्ड क्लिरेन्स, सानो ठाउँमा पनि मोड्न सकिने ५.२ मिटरको टर्निङ रेडियस र १९.६४ किलोमिटर/प्रतिलिटर सम्मको इन्धन खपतले गर्दा नयाँनिसान टेरानोमा सुनमा सुगन्ध थपिदिएको छ ।

एक्स-ट्रेल

निसानको युटिलिटी स्पोर्टस् भेहिकल (एसयुभी) ‘एक्स-ट्रेल’ नेपालमा निकै चर्चा बटुलेको गाडी होे । एक्स-ट्रेल पि्रमियम सेगमेन्टको गाडी हो । २ हजार सीसीको पेट्रोल इञ्जिन गाडी विभिन्न भेरियन्टमा उपलब्ध छ ।

एक्स-ट्रेल पूर्ण रुपमा नयाँ र आकर्षक डिजाइनको कार हो । यसमा ४ सिलिण्डर ग्यासोलिन डीओएचसी इञ्जिन जडान गरिएको छ । एक्स-ट्रेलमा ७ स्पीड अटो गियर रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० मिलिमिटर रहेको हुँदा अफरोडका लागि उक्तम हुने कम्पनीले जनाएको छ ।

यसमा पावर एन्ड टिल्ट स्टेरिङ, सेन्ट्रल डोर लक, इन्टिलिजेन्ट की लगायतका सुविधा छन् । एक्स-ट्रेलमा फ्रन्ट डिउल एन्ड साइल कर्टेन एयरब्याग, एलसीडी मोनिटर भएको सीडीरएमपी थ्री प्लेयर, अटो एसी, लेदर पावर सिट, क्रुज कन्ट्रोल, इमोबिलाइजर, पावर सनरुफ लगायतका विशेषता रहेका छन् ।

यसबोहक निसानका सन्नी डिजेल र पेट्रोल भर्सन र नाभाराले पनि उपभोक्ताको मन जितिरहेका छन् । यी दुई गाडीले पनि निकै राम्रो प्रतिक्रिया पाइरहेको पायोनियरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment