Comments Add Comment

गगन थापाको टिप्पणीः गृहमन्त्रीको सोचमै बादल लागेको रहेछ

३० भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापा बादलको क्षमतामा मात्र होइन, सोचमै बादल लागेको टिप्पणी गरेका छन् ।

संसदको शनिबारको बैठकमा थापाले प्रहरी हिरासतमा राममनोहर यादव मारिँदा र निर्मला पन्तको हत्याराहरुलाई जोगाउन आफ्नै संयन्त्रहरु लाग्दा पनि गृहमन्त्रीलाई ग्लानी नभएको बताए ।

यसअघि थुप्रै घटनामा गृहमन्त्री बादल मान्टे त ठीकै हो भनेर केही नभएको उनले बताए । ‘ठूलो माछा पक्रन सक्नुभएन हामी बोलेनौं । कामचोर व्यवसायीलाई कानून नै नबनाई पक्रनुभयो आफैं छोड्नुभयो हामी बोलेनौं । डाक्टर भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनुभयो हामी बोलेनौं । लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनुभयो, हामी बोलेनौं’ सांसद थापाले भने, ‘हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठीकै हो क्षमतामा केही बादल लागेको मात्रै हो ।’

जब सांसदहरुले निर्मला हत्याकाण्डमा संसदमा प्रश्न गरे, गृहमन्त्री बोलेको भन्दै सांसद थापाले भने, ‘युद्ध वा शान्ति दुबैको नियमसँग नमिल्ने गरी आफ्नै हिरासतमा राममनोहर यादव मारिँदा अनि निर्मला पन्तको जघन्य हत्या गर्ने पापीहरुलाई आफ्नो संयन्त्रहरु जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र बादल लागेको होइन रहेछ । बादल त गृहमन्त्रीजीको सोचमा लागेको रहेछ ।’

उनले अघि भने, ‘सभामुख महोदय, क्षमता र सोच दुबैमा बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment