Comments Add Comment

एउटै रुख नरोपेकाहरु निजगढ विमानस्थलको बिरोधमा छन्ः मन्त्री अधिकारी

३० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले दोस्रो अन्र्ताष्ट्रिय विमानस्थल निजगढमै बन्ने बताएका छन् । उनले वातावरणको कारण देखाउँदै पछिल्लो समयमा उठाइएका प्रश्नकै भरमा यसको विकल्प खोज्न नसकिने बताए ।

उनले अध्ययन भएको २३ वर्षसम्म आयोजना अल्झाएर राखिएको बताउँदै अब सबैतर्फबाट काम अघि बढेपछि आलोचना सुरु भएको उल्लेख गरे ।

मन्त्री अधिकारीले कहिल्यै पनि एउटा रुख पनि नरोप्ने र रुखको गफ मात्रै गर्नेले आफ्नाविरुद्ध यस्ता कुरा गरिरहेको आरोप लगाए ।

मन्त्री अधिकारीलेे १ लाख ९५ हजार बयस्क रुख काट्दा पहिलो चरणमा विमानस्थल निर्माण अघि बढ्ने बताउँदै आवश्यक्ताअनुसार विमानस्थल विस्तार गर्दै लगिने बताए । उनले अहिले बाहिर हल्ला गरिएजस्तो ठूलो संख्यामा रुख काट्न नलागिएको दावी गरे ।

विमानस्थलमा पहिलो चरण्मा एउटा रन-वे बनाउँदा ५ लाख ६९ हजार पोथ्रा रुख काट्नुपर्छ । यो पहिलो रन-वे बनाउँदा कटान गर्नुपर्ने रुखको संख्या हो । विमानस्थलका लागि ८ हजार हेक्टरमा वातावरणीय प्रभाव मूल्यांकन गरिए हालललाई २५ सय हेक्टर क्षत्रेमा रुख कटानका लागि प्रक्रिया अघि बढाइएको उनको स्पष्टोक्ति छ ।

मन्त्री अधिकारीले निजगढ विमानस्थललाई अन्तर्राष्ट्रिय ट्रान्जिट विमानस्थलमा रुपमा निर्माण गर्न लागिएको बताउँदै सरकार आफ्नो निर्णयबाट पछि हट्ने अवस्था नरहेको उल्लेख गरे ।
उनले एउटा रुखको सट्टा २५ वटा रुख रोपिने बताउँदै त्यसका लागि वन मन्त्रालयसँग छलफल सुरु गरिएको बताए ।

‘उपयुक्त ठाउँहरुमा हामी काटिएको रुखको सट्टा भर्नामा विरुवा रोप्छौं,’ उनले भने,’रुख काटेर विनास हुन लाग्यो भनेर कराउुको औचित्य छैन । हामी रोपेका रुख हुर्काउने गरी काम गर्छौं ।’
मन्त्री अधिकारीले अहिले उठेको बहसले विमानस्थल निर्माणका सहयोग नै पुग्ने बताउँदै उनले यस्ता विवादले परिायेजनाको आयु भने लम्ब्याउन सक्ने बताए ।

‘फास्ट ट्रयाक र यो विमानस्थल नेपालको आर्थिक विकासका लागि निकै महत्वपूर्ण छ ,’ ‘यो निर्माण गर्न सेकनौं भने देशको मुहार फेर्न गाह्रो छ ।’

निजगढ विमानस्थल एसिया प्यासेफिक क्षेत्रकै ठूलो ट्रान्जिट हव बन्न सक्ने भन्दै उनले यो निर्माण भएपछि नेपालमा आर्थिक कायापालटका लागि समय नलाग्ने बताए ।

उनले विमानस्थल निर्माण लागि पीपीपी मोडेलमा जाने निर्णय भएको जानकारी दिए । सुरुमै लागत धेरै पर्ने भएकाले इपीसीफ मोडेलमा नगएको उनले स्पष्ट गरे ।

उनले दिगो विकासको सिद्धान्त अनुसार नै विकास र वातावरा संरक्षणलाई अघि बढाउन आफू प्रतिवद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment