Comments Add Comment

हजार्डको हृयाट्रिकसँग चेल्सीको जित

काठमाडौं । इडेन हजार्डको हृयाट्रिकको मदतमा चेल्सीले कार्डिफ सिटीलाई हराएको छ र प्रिमियर लिगमा शतप्रतिशत जित कायमै राखेको छ ।

शनिबार भएको खेलमा चेल्सीले कार्डिफलाई ४-१ गोल अन्तरले हराएको हो ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा अग्रता भने कार्डिफले लिएको थियो । १६ औं मिनेटमा बाम्बाले गोल गरे ।

तर, ३७ औं मिनेटमा हजार्डले बराबरी गोल फर्काए । ४४ औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा घरेलु टोली २-१ ले अगाडि रहृयो ।

खेलको ८० औं मिनेटमा पेनाल्टी गोल गर्दै हजार्डले हृयाट्रिक पुरा गरे । तीन मिनेटपछि नै विलियनले गोल गरेपछि चेल्सीले ४-१ को जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment