Comments Add Comment

फुलहममाथि म्यानेचष्टर सिटीको सहज जित

काठमाडौं । लिरोय साने टिममा फर्किँदा म्यानेचष्टर सिटीले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई हराएको छ ।

शनिबार भएको खेलमा सिटीले फुलहमलाई ३-० गोल अन्तरले हराउँदै अपराजित यात्रा कायम राखेको छ ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले दोस्रो मिनेटमा नै सानेको गोलबाट अग्रता लिएको थियो । २१ औं मिनेटमा डेभिड सिल्भाले अग्रता दोब्बर पारे ।

दोस्रो हाफको सुरुमा नै राहम स्टर्लिङले गोल गर्दै म्यानचेष्टर सिटीलाई ३ अंक दिलाएका छन् ।

अर्को खेलमा आर्सनलले न्यूक्यासललाई २-१ र बोर्नमाउथले लिसेस्टरलाई ४-२ ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment