Comments Add Comment

एन्टिबायोटिक औषधि खाँदा जिब्रोमा रौँ पलायो !

काठमाडौं । अमेरिकामा एउटा डरलाग्दो घटना भएको छ । कार दुर्घटनापछि उपचारका क्रममा एन्टिबायोटिक औषधि सेवन गरेकी एकजना महिलाको जिब्रोमा रौँ पलाएपछि सबै अचम्ममा परेका छन् ।

५५ वर्षीया महिला कार दुर्घटनामा परेपछि उनका दुवै खुट्टामा चोट लागेको थियो । उपचारका क्रममा उनलाई डाक्टरले मेरोपेनेम तथा मिनोसाइलाइन लगायतका एन्टिबायोटिक औषधि दिएका थिए ।

सो औषधि खाएको चार हप्तापछि उनको जिब्रो बाक्लियो, स्वाद बिगि्रयो र अप्ठेरो भयो । त्यसपछि उनी डाक्टरकोमा मुख परीक्षण गराउँदा जाँदा पो थाहा भयो जिब्रोमा रौँ पलाएछन् ।

जिब्रोमा कालो रङ पलाउने यस्तो समस्याको मुख्य कारक तत्व उनले सेवन गरेका विभिन्न खाले एन्टीबायोटिकको एलर्जीका कारण भएको हुनसक्ने बताइएको छ ।

यो अनौठो रोगलाई चिकित्सा भाषमा लिंगुआ भिलासा निग्रा भनिन्छ । यसमा १ देखि १८ मिलिमिटरसम्म लामा रौँ जिब्रोमा पलाउँछन् ।

मुखको स्वास्थ्य कमजोर हुनु, धेरै अल्कोहल सेवन गर्नु तथा धुम्रपान समेतका आनीबानीले यस्तो समस्या बढाएको बताइएको छ ।

१३ प्रतिशत मानिसमा यस्तो समस्या देखिने र समयमै उपचार तथा मुखको स्वास्थ्यमा ध्यान दिएमा रोग निको हुने बताइन्छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment