Comments Add Comment

कुकुरका छाउराजस्ता अचम्मका आइसक्रिम ! (फोटोफिचर सहित)

काठमाडौं । इन्टरनेटमा कुन बेला के चिज चर्चित हुन्छ र भाइरल बन्छ भन्ने कुराको भेउ पाउनै गाह्रो हुन्छ । अहिले कुकुरका छाउरा आकारका आइसक्रिम भाइरल भएका छन् ।

ताइवानको काओसिउंगस्थित जेसी को आर्ट किचनमा यस्ता अनौठा आकारका आइसक्रिम पाइन्छन् ।

आफ्नो ‘युनिकनेस’का कारण अहिले यो आइसक्रिम इन्टाग्राम सेन्सेसन बनेको छ । यी आइसक्रिम यति धेरै सावधानीपूर्वक बनाइन्छ कि कुकुरको आकार अलिकति पनि बिग्रिँदैन ।

सोसल मिडियामा लोकप्रिय भएसँगै यसको माग पनि बढेको छ । उक्त क्याफेमा अनौठो आइसक्रिमको स्वाद लिनका लागि ठूलो संख्यामा ग्राहक पुग्ने गरेका छन् । उक्त आइसक्रिमको मूल्य प्रतिगोटा ४ सयदेखि ७ सय रुपैयाँ बराबर पर्दछ ।

यो आइसक्रिम विभिन्न ३ खाले स्वादमा पाइन्छ । यसमा मिल्क टी, पिनट तथा चकलेट फ्लेवर रहेको छ ।

यो क्याफेमा आउने ग्राहकले अनौठो आइसक्रिमको स्वाद त लिन्छन् नै आइसक्रिमसँगै फोटो लिन पनि बिर्सिँदैनन् ।

-एजेन्सी

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment