Comments Add Comment

बुद्ध मावलीमा ‘कविता र बसन्त’

३१ भदौ, बुटवल । कवि एवं गीतकार बसन्त चौधरीले रुपन्देहीको देवदहमा एकल कविता वाचन गरेका छन् । उद्योगपतिसमेत रहेका चौधरीले बुद्धको मावली देवदहमा दुई घण्टा आफ्ना कविता वाचन गरे ।

अनुराग साहित्य समाज नेपालले चौधरीलाई बुद्ध मावलीमा एकल कविता वाचनको बन्दोबस्त मिलाएको हो । आयोजक संस्थाका अध्यक्ष निर्मल ढुंगानाले ‘कविता र बसन्त’ नामक ४१ औं साहित्यिक श्रृंखला आयोजना गरिएको बताए । कार्यक्रममा चौधरीले करिब डेढ दर्जन आफ्ना रचनाहरु सुनाएका थिए ।

कार्यक्रममा बोल्दै चौधरीले देवदह जस्तो अध्यात्मिक नगरीमा आएर आफ्ना रचनाहरु सुनाउन पाउनु गौरवको विषय रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment