Comments Add Comment

६ वर्षपछि बढ्यो साउदी जाने कामदारको न्युनतम् तलव सीमा

३१ भदौ, काठमाडौं । साउदी अरबमा काम गर्न जाने कामदारका लागि ६ वर्षपछि न्यूनतम ज्यालाको सीमामा पुनरावलोकन गरिएको छ । गत शुक्रबार बसको मन्त्रिपरिषदको बैठकले न्युनतम् ज्यालको सीमामा वृद्धि गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई स्वीकृत गरेको हो ।

न्यूनतम ज्याला १ हजार रियाल र खाना भत्ताबापत ३०० रियाल नदिई नेपाली कामदार साउदी लैजान पाइने छैन । तोकिएको तलव सुविधा नभएमा श्रम स्वीकृति नै दिइनेछैन ।

यसअनुसार खाने सुविधासहित नेपाली कामदारको सुविधामा करिब ९ हजार रुपैयाँले वृद्धि भएको छ । यसअनुसार अब नेपाली कामदारलाई ३० हजार रुपैयाँ तलव नदिई साउदी लैजान पाइने छैन । खानका र बस्नका लागि ९ हजारसम्म खर्चिनुपर्नेछ । मन्त्रालय स्रोतकअनुसार साउदी सरकारसँग विभिन्न चरण्मा छलफल गरेर ज्यादरमा वृद्धि गरिएको हो । त्यसका लागि मन्त्री बिष्टले नै पहल गरेका थिए ।

नयाँ तलवमानअनुसार नेपाली कामदारले अधिकतम् ज्याला ११००० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन् । नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् ।

यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेको थियो । नयाँ व्यवस्था अनुसार ज्यालामा २ सय रियाल र खाना भत्तामा १ सय रुपैयाँ गरी ३०० रियाल बढी नेपाली अदक्ष कामदारले पाउनेछन् ।

साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ । साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि न्यूनतम ज्यालामा नयाँ व्यवस्था भएको हो ।

अब राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणीकरण हुनेछ ।

साउदी अरेबियाका लागि नेपाली कामदारहरुको न्यूनतम पारिश्रमिक र अन्य सुबिधाको विवरण

सि. नं कामदारको वर्गीकरण कामदारको पद अनुभव र सीप न्यूनतम पारिश्रमिक

(साउदी अरब रियाल)

खाना भत्ता (साउदी अरब रियाल) अन्य सुबिधा कैफियत
१. अदक्ष (Unskilled) लेवर, क्लिनर, हेल्पर, स्विपर, अफिस ब्वाय, वाचमेन अदक्ष १०००(एक हजार) ३००(तीन सय) औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने
२. अर्ध-दक्ष (Semi-Skilled) मेशन,ब्लक मेकर, प्लास्टरमेन, कार्पेन्टर, मेकानिकल हेल्पर, इलेक्ट्रीकल हेल्पर, स्टिल फिक्स्चर,टायल फिक्स्चर,  प्लम्बर, पाइप फिटर, वेल्डर, स्काफोल्डर, ए.सी. मेकानिक, लउन्ड्री म्यान, वासर मेन, शप एसिष्टेन्ट तालिम प्राप्त १,२०० (बाह्र सय) ३००(तीन सय) औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

दुई वर्षको कार्य अनुभव १,३००(तेह्र सय)
चार वर्षको कार्य अनुभव १,४००(चौध सय)
पाँच वर्षको कार्य अनुभव वा आधारभूत दक्ष तह (Skill level 1) १,५००(पन्ध्र सय)
सेक्युरिटी म्यान, वेटर, अस्सिटेन्ट कुक, सेल्स मेन, इलेक्ट्रीसियन तालिम प्राप्त १,२०० (बाह्र सय) ३००(तीन सय)
दुई वर्षको कार्य अनुभव १,३००(तेह्र सय)
चार वर्षको कार्य अनुभव १,४०० (चौध सय)
पाँच वर्षको कार्य अनुभव १,५०० (पन्ध्र सय)
लाइट ड्राइभर तालिम प्राप्त १,३०० (तेह्र सय) ३००(तीन सय)
दुई वर्षको कार्य अनुभव १,४००(चौध सय)
चार वर्षको कार्य अनुभव १,५०० (पन्ध्र सय)
पाँच वर्षको कार्य अनुभव १,६०० (सोह्र सय)
हेभी ड्राइभर तालिम प्राप्त १,५०० (पन्ध्र सय) ३००(तीन सय) प्रत्येक यात्राको

यात्रा भत्ता अनिबार्य उपलब्ध गराउनु पर्ने

दुई वर्षको कार्य अनुभव १,८०० (अठार सय)
चार वर्षको कार्य अनुभव १,९०० (उन्नाईस सय)
पाँच वर्षको अनुभव २,२००(बाईस सय)
प्लान्ट अपेरटर, कन्स्ट्रक्सन सुपरभाइजर आधारभूत तह (At least level 1) २,००० (दुई हजार) ३००(तीन सय)
फोरम्यान आधारभूत तह (At least level 1) २,२०० (बाईस सय) ३००(तीन सय)
कन्स्ट्रक्सन इक्युपमेन्ट अपरेटर, स्काफोल्डिंग सुपरभाइजर, ड्राउटसम्यान आधारभूत तह (At least level 1) २,५०० (पच्चिस सय) ३००(तीन सय)
३. दक्ष (Skilled ) बेकर्स आधारभूत तह (At least level 1) १,२०० (बाह्र सय) ५०० (पाँचसय)

 

औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने
कुक आधारभूत तह (At least level 1) १,४०० (चौध सय)
फ्रन्ट अफिस आधारभूत तह (At least level 1) १,५०० (पन्ध्र सय)
एडमिनिसट्रेटिभ  असिस्टेन्ट आधारभूत तह (At least level 1) १,८०० (अठार सय)
कम्पुटर अपरेटर आधारभूत तह (At least level 1) २,०००(दुई हजार)
फर्मासिस्ट, ल्याबरेटोरी र टेक्निसियन, मेडिकल असिस्टेन्ट आधारभूत तह (At least level 1) २,२००(बाईस सय)
एकाउन्टेन्ट, ओभरसियर आधारभूत तह (At least level 1) २,५००(पच्चिस सय)
नर्स आधारभूत तह (At least level 1) ३,०००(तीन हजार)
४. व्यावसायिक

(Professional)

एच.आर. एक्जीक्युटीभ विशेषज्ञ ५,०००(पाँच हजार) औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने
इन्जीनियर (कम्प्युटर, सेफ्टी, टेलिकम, इलेक्ट्रोनिक, मेकानिकल, इलेक्ट्रीकल र सिभिल) विशेषज्ञ ५,३००(पाँच हजार तीन सय)
म्यानेजर विशेषज्ञ ५,५००(पाँच हजार पाँचसय)
जनरल म्यानेजर विशेषज्ञ ६,५००(छ हजार पाँचसय)
डाक्टर (जनरल फिजिसियन), सर्जन, चार्टर्ड एकाउन्टेन्ट विशेषज्ञ ११,०००(एघार हजार)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment