Comments Add Comment

‘नेपाल वायु सेवा निगमलाई कहिलेसम्म दुहुने गाई बनाउने हो ?’

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिब्यमणि राजभण्डारीले नेपाल वायु सेवा निगमलाई दुहुने गाई बनाईएको आरोप लगाएका छन् । भएका जहाज थन्काइ राख्ने र नयाँ नयाँ खरिद गर्ने प्रबृत्ति बढेको भन्दै उनले निगममा ठूलो अपचलनको आशंका गरेका छन् ।

आईतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै उनले साना जहाज थन्काएर के गर्न खोजिएको हो ? भनेर प्रश्न गरे । ‘साना हवाई जहाजहरु नचलाई राखेको छ । के यो सुन र चाँदी हो ? घरमा र बैंकमा थन्काई राख्नका लागि ?’, उनले भने ।

निगमले दुई वटा पुराना ट्वीटअटर बिगि्रएको भनेर चलाउन नसकेको बताएको भन्दै उनले अन्य ६ वटा याक जहाज पनि शोकेसमा सजाएर राखेको भन्दै कटाक्ष गरे । निगमसँग भएका सबै जहाज सञ्चालन गर्ने योजना समेत नदेखिएको उनको भनाइ छ ।

आन्तरिक उडानका लागि साना ट्वीनअटर जहाज सञ्चालन गर्न सक्ने अवस्था रहेपनि निगमले त्यसतर्फ ध्यान नदिएको उनले बताए ।जहाजमात्रै थप्ने प्रबृत्तिको आलोचना गर्दै उनले भने, ‘पाइलटहरु खै ? मर्मत तथा सम्भार गर्ने व्यवस्था खै ?’

वायु सेवा निगम ३ अर्बको ठूलो आर्थिक व्ययभारमा रहेको भन्दै उनले भएका जहाजको सदुपयोग गर्नेतर्फ ध्यान नदिई फेरि पाँच अर्ब खर्च गरेर ६ वटा ट्वीनअटर खरिद गर्ने योजना बनिरहेको बताए । ‘

करिब साढे ३ अर्बको आर्थिक भार नेपाल एयर लाइन्सलाइ छ भने त्यसको ठूलो व्याज बढ्दै गइरहेको छ । एकातिर जहाजहरुको सदुपयोग नगर्ने, अर्कोतिर फेरि पाँच अर्ब खर्च गरी ६ वटा ट्वीनअटर खरिद गर्ने योजना बनाइरहेको समेत देखिन्छ । नेपाल वायु सेवा निगमलाई कहिले सम्म दुहुने गाई बनाइ राख्ने हो ?’, उनले भने ।

नेपाल वायु सेवा निगमले जनशक्ति व्यवस्थापन र मार्केटिङबारे कुनै सोच नै नबनाएको उनको दाबी छ ।

आवश्यकता बमोजिम पाइलट तथा क्याबीन क्र्युहरुको व्यवस्था मिलाउन नसकेको भन्दै उनले निगम ‘मिस म्यानेजमेन्ट’को सिकार भईरहेको बताए ।  नागरिक लगानी कोष र निगमका १४ सय कर्मचारीको सञ्चय कोषको पैसा ऋण लिँदै जहाज खरिद गरिएको भन्दै उनले जोखिम बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment