Comments Add Comment

किन परिवर्तन हुँदैछ विश्वकै लोकप्रिय बर्गरको स्वाद ?

सन् १९६७ मा अमेरिकाको ग्रेटर पिट्सबर्गमा पहिलोपटक प्रस्तुत गरिएको ‘बिग म्याक बर्गर’को स्वादमा विश्व नै पागल छ । बीफ र हृयाम मिट मनपराउने विश्वरभरका पारखीले यसलाई धेरै स्वादिलो मान्छन् ।

सायदै यस्तो कुनै देश वा कुनै शहर होला जहाँ तेलमा तारिएको कुरकुरे पत्तिहरु र सुनौलो पँहेलो बनाएर राखिएको मासुको टुक्रालाई मनपराउने मानिस नहोलान् ।

‘बिग म्याक’ फास्टफुड खाने मानिसहरुको पहिलो रोजाई हो । तर, जो मानिस स्वास्थ्यलाई लिएर सचेत छन् र आफ्नो खानामा मासु र जनावरको बोसो मनपराउँदैनन उनीहरु ‘बिग म्याक’ बर्गरबाट टाढै रहन्छन् ।

विश्वभरमा शाकाहारी मानिसहरुको संख्या बढ्दै गएको छ । यी नयाँ ग्राहकहरुको लागि फास्टफुड चेन म्याकडोनाल्डलाई पनि नयाँ मेनु बनाउन परिरहेको छ ।

स्विडेन यसको राम्रो उदाहरण हो । स्विडेनमा शाकाहारी मानिसहरुको लागि म्याकडोनाल्डले नयाँ बर्गर लञ्च गरेको छ जुन जनावरको मासु र उनीहरुमा हुने अत्याचारबाट मुक्त छ । यो हो ‘म्याग भेजन’ बर्गर ।

म्याकडोनाल्डको यो नयाँ बर्गर शाकाहारी र मांसाहारी दुवैले मन पराइरहेका छन् र यसलाई फास्टफुडको भविष्य मानिएको छ ।

सन् २०१७ मा म्याकडोनाल्डले स्विडेनको फुड कम्पनी ओक्र्ला सँग हात मिलाएको थियो । दुवैले मिलेर एक नयाँ खालको प्याटी तयार गरेका थिए ।

दक्षिणी स्विडेनको तटिय शहर माल्मोमा यी दुवै कम्पनीले मासु रहित बर्गर बनाउन तयारी सुरु गरेका छन् ।

ओक्र्लाका प्रोडक्ट डेभलपर कार्ल जोहान फ्रिल्याण्डर भन्छन्, ‘जब तपाईंसँग मासुको बेस हुन्छ त्यसको आफ्नो स्वाद हुन्छ । सोया प्रोटिनको स्वाद त्यसको बराबरीको हुँदैन ।’

स्वादयो अन्तरलाई कम गर्न लागि फ्रिल्याण्डरले सोया प्रोटिनमा प्याज, कालो मरिच र टमाटरको पाउडर प्रयोग गरे । टमाटरबाट यसे एक खास रातो रंग प्राप्त गरेको छ ।

तर, फ्रिल्याण्डर भन्छन् म्याक भेजनको स्वादको राजम ‘उमामी’ मा छ । उमामीलाई ‘फिफ्थ फ्लेबर’को रुपमा पनि चिनिन्छ जुन विशेष बास्नादार पत्तिवाला विरुवाको सुगन्ध हो ।

फ्रिल्याण्डरले मसरुम पाउडर जस्ता शाकाहारी उत्पादनमा उमामी मिलाएर नयाँ स्वाद तयार गरेका छन् जुन मासु जस्तै स्वादिष्ट छ ।

म्याकडोनाल्ड र ओर्काको उद्देश्य एक यस्तो बर्गर बनाउनु थियो जसले ग्राहकहरुलाई मासुको स्वाद दिन सकोस तर, त्यसमा जनावरको मासु नहोस । यो प्रयोग सफल भयो र स्विडेनका मानिसले यसलाई धेरै मनपराए ।

एनिमल राइट्स स्विडेनका अनुसार हरेक दशमा एक स्विडिस नागरिक शाकाहारी छन् ।  ३० वर्ष भन्दा कम उमेरका मानिसमा यो अनुपात हरेक पाँचमा एक रहेको छ । यो आधारमा स्विडेनमा शाकाहारीहरुको संख्या बेलायतमा भन्दा दोब्बर छ ।

‘शाकाहारी उत्पादनको बिक्रि बढिरहेको छ, मानिसहरुमा शाकाहार अपनाउने चाहना पनि बढिरहेको छ । यो जनावारहरुको लागि धेरै राम्रो हो’, एसोसिएसन अफ एनिमल राइट्सकी केमिला बोर्कबाम लेख्छिन्,  ‘मानिसहरुले औपचारिक रुपमा आँफैलाई शाकाहारी घोषणा नगरे पनि धेरै भन्दा धेरै शाकाहार अपनाइरहेका छन् ।’

‘म्याक भेजन’को स्वाद मासु जस्तै

मांसाहारी र शाकाहारी बीचका मानिसहरु नै ‘म्याक भेजन’का सबैभन्दा ठूला ग्राहक हुन् । उनीहरु मासु पनि खान्छन् तर उनीहरु यस्तो पौष्टिक शाकाहारी परिकार मन पराउँछन् जसको स्वाद मासु जस्तो हुन्छन ।

यसमा केही शाकाहारी पनि छन् जो वास्तविक ‘बिग म्याक बर्गर’लाई चाख्न चाहन्छन् ।

अब महत्वपूर्ण प्रश्न छ के म्याक भेजन बर्गरको स्वाद यस्तो छ जुन लामो समयसम्म टिक्न सक्छ ?

म्याकडोनाल्ड्स र उसको सहयोगी कम्पनीहरुले यसमा सर्वे गर्दा म्याक भेजनलाई अझै मानिसले वर्षौं सम्म मनपराउने पाए ।

डेन मोर्सेबी भन्छन्, ‘मलाई यो मिठो लाग्यो । यसको स्वाद मासुजस्तै छ । म दोस्रोपटक यो स्वाद महसुस गरिरहेको छु ।’

स्विडेनमा यी दिनमा धेरैभन्दा धेरै मानिस शाकाहारी भोजनमा आश्रति छन् । समस्या मात्रै सहि सन्तुलन बनाउने रहेको छ ।

उनीहरुलाई एक यस्तो भोजन चाहिएको छ जुन पुरै देशमा पाइयोस् र सबैलाई मन परोस् । यसै चाहनामा म्याकडोनाल्ड्सको ‘म्याक भेजन’  खरो उत्रियो ।

म्याकडोनाल्ड्सको चुनौती सकिएको छ भन्ने पनि होइन शाकाहारीहरुको एक ठूलो वर्गले फास्टफुडलाई नैतिक र स्वस्थकर मान्दैन ।

म्याकडोनाल्ड्सको इतिहास पनि शाकाहारको सट्टा मांसाहारलाई बढावा दिने खालको छ । तर, स्विडेन जस्तो ठाउँमा मानिसहरुले यो बहसलाई पछाडि छोडिदिएका छन् ।

मांसाहार र शाकाहारको बीचका मानिसले म्याकडोनाल्डलाई ठूलो बिजनेस दिएका छन् ।

म्याकडोनाल्डले ‘म्याक भेजन’ बर्गरको बारेमा आफ्नो योजनाको खुलासा गरेको छैन । उसले यसलाई विश्वको अन्य देशमा पनि लैजानेबारे सोचेको छैन । अहिले स्क्यान्डिभिएन देशहरुमा मात्रै क्रुरता रहिता मासुको स्वाद उपलब्ध छ ।

मोर्सेबी भन्छन्, ‘मानिसहरुले यसलाई मनपराइरहेका छन् । उनीहरुलाई स्वादसँग सम्झौता नगरिकन् आफ्नो खाने आफ्नो बानीलाई बदल्न सकिन्छ भन्ने लागेको छ ।

यदि तपाईं पनि आफ्नो खानाको लागि जनावरहरुलाई मार्न चाहनुहुन्न भने म्याक भेजन तपाईंलाई मनपर्छ ।

बिबिसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment