Comments Add Comment

ए डिभिजन लिग निर्धारित मितिमै हुने, विजेतालाई ५० लाख

३१ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग निर्धारित समयमा नै गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी असोज १३ देखि प्रतियोगिता सुरु हुने जानकारी गराएको हो । यसअघि चार पटक मिति तोकेर पनि लिग हुन सकेको छैन ।

एन्फामा नयाँ नेतृत्व आएसँगै पहिलो पटक लिग हुन लागेको हो । लिग च्याम्पियनले ५० लाख पाउनेछ भने दोस्रोले ३५ र तेस्रोले २५ लाख पाउनेछ ।

एन्फाका अनुसार छैटौं हुने टिमसम्मले नगद पुरस्कार पाउनेछन् । अनुशासित टिमलाई एक लाख र विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई एकएक थान मोटरसाइकल दिने एन्फाले जनाएको छ ।

लिग च्याम्पियनले एसियन कप खेल्न पाउनेछ । प्रतियोगितामा १४ टिम सहभागी हुनेछन् । राउण्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र सशस्त्र प्रहरी बलको खेल मैदान हलचोकमा हुनेछ ।

यो वर्ष लिगमा कुनै पनि टिम रेलिगेसनमा पर्ने छैन । तर, १३ र १४ औं नम्बरमा रहने टिमलाई आगामी वर्ष हुने ए डिभिजन लिगमा क्रमशः एक र दुई अंक घटाउनुका साथै यस वर्ष दिइने भनिएको २० लाख तयारी खर्चमा पनि क्रमशः दुई र तीन लाख रुपैयाँ कटौती गरिने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment