Comments Add Comment

कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाइने

३१ भदौ, काठमाडौं । सरकारले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले कृषियोग्य जमिन खण्डिकरण गर्न प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

आईतबार राष्ट्रिय किसान आयोगका पदाधिकारीसँगको छलफलमा उनले कृषियोेग्य जमिनलाई खण्डिकरण हुन नदिन सरकारले भू-उपयोग नीति ल्याउने तयारी गरिरहेको पनि जानकारी दिए ।

मन्त्री खनालले कृषि मुलुकको अर्थतन्त्रको मूख्य आधार भएकाले पनि कृषियोग्य जमिन खण्डिकर गर्न दिन नमिल्ने तर्क गरे ।

उनले कृषियोग्य जमिनको उचित परिचालनका लागि आवश्यक सुझाव दिन आयोगलाई पनि आग्रह गरे ।

मन्त्री खनालले कृषि सामग्री संस्थान, खाद्य संस्थान, चिया तथा कफी विकास बोर्ड, कृषि अनुसन्धान परिषदको कामकार्वाही पारदर्शी नभएको भन्दै असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment