Comments Add Comment

किन र कसरी गरिन्छ डिएनए परीक्षण ?

कञ्चनपुरकी १३ वषिर्या निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको प्रसंगले अहिले पुरै देशलाई शोकमा डुबाएको छ । घटना भएको महिनादिन भन्दा बढी गुजि्रसक्यो । तर, त्यो प्रसंग अझै किनपनि आलो छ भने, अपराधी फेला परेका छैनन् । कानुनी कारबाही भएको छैन ।

कसले निर्मलाको हत्या गर्‍यो ? यो प्रश्नको जवाफ खोजिरहेको छ समाज । तर, राज्य एवं प्रशासनसँग यसको चित्तबुझ्दो जवाफ छैन । निर्मला हत्या अभियोगमा केही व्यक्तिमाथि शंका गरिए, पक्राउ गरिए । तर, उनीहरु निर्दोष थिए । निर्दोषलाई नियतबस् दोषी देखाउनका लागि प्रहरी प्रशासन नै लागिपरेको जनगुनासो व्यापक रुपमा बढ्दै गएपछि अपराधी खोज्ने कामले तिब्रता पायो ।

यसै क्रममा निर्मलाको हत्यारा को हो ? कसले उनलाई बलात्कार गर्‍यो भनेर खोज-अनुसन्धान भइरहेको छ । अतः यसका लागि एकमात्र भरपर्दो विकल्प बनेको छ, डिएनए परीक्षण । यसैको नतिजाले अपराधी पत्ता लाग्नेछ ।

हत्या तथा बलात्कार प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तात्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका साथमा उनका छोरा किरण तथा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको डिएनए परिक्षण सुरु गरिएको छ ।

निर्मला हत्याकाण्डमा प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नेगेटिभ आएपछि स्थानीयको दवावमा गृह मन्त्रालयले एसपी विष्ट लगायतलाई डिएनए परिक्षणको आदेश दिएको हो ।

आखिर के हो डिएनए परीक्षण ? 

डीआक्सीराइबोन्यूक्लिक एसिडलाई चिकित्सकीय भाषामा डिएनए भनिन्छ । यो प्रत्येक जीवको कोषिकामा पाइने एक किसिमको जेनेटिक तत्व हो । डिएनएले शरीरको प्रत्येक टिस्यू तथा संरचनाले गर्ने कार्यलाई नियन्त्रित गर्दछ ।

यसले शरीरमा एक किसिमको व्लू पि्रन्टले झै काम गर्ने हुदाँ मानिसको शरीरले कसरी काम गर्छ र मानिस कस्तो देखिन्छ भन्ने कुरा पनि डिएनले नै निर्धारित गर्दछ ।

किन गरिन्छ डिएनए परिक्षण ?

सामान्यतया डिएनए परिक्षण कुनै पनि व्यक्तिको बायोलोजिकल पिता तथा माताको पत्ता लगाउनका  लागि गरिन्छ । किनकी प्रत्येक प्राणीमा आधा डिएन जैविक आमाबाट पाइन्छ भने आधा  पिताबाट पाइन्छ ।

त्यसबाहेक, फोरेन्सिक तथा आणवंशिक अनुसन्धानमा समेत डिएनएको प्रयोग गरिन्छ । डीएनए प्रोफाइलिंग  (डिएनए फिंगरपि्रन्ट, डिएनए टेष्ट तथा डीएनए टाइपिङ्ग) एक किसिमको फोरेन्सिक प्रविधि हो, जसले अपराध अनुसन्धानमा कुनै अपराधी पहिचान गर्न तथा उसको पहिचान पुष्टि गर्छ ।

किनकी शरीरको सम्पूर्ण कोशिकामध्य डिएनए एउटै मात्र हुन्छ, जुन नमुनाको रुपमा छाला, कपाल, रगत तथा अन्य शारीरीक तरल पदार्थ सहित शरीरको कुनै पनि अंगको नमुनाको लागि प्रयोग गर्न सकिन्छ ।

यस्ता नमुना संकलनका लागि कुनै निश्चित उमेर चाहिदैन । जुनसुकै उमेरमा पनि डिएनए परीक्षण  गर्न सकिन्छ । यो परीक्षणमा  जेनेटिक प्रोफाइलको अध्ययन गरिन्छ र त्यसभित्रको समानता र असमानता हेरिने गरिन्छ ।

सामान्यतया बाबुआमासित गरिने डिएनए परिक्षणमा बाबुआमा बच्चाको जैविक मातापिता हुन् की हैनन् भनेर हेरिने गरिन्छ । यस्ता परिक्षणको नतिजा ९९ दशमलब ९९ प्रतिशत सही हुने गर्छ ।

डिएनए परीक्षणलाई उमेर वा मादक पर्दाथको सेवनले असर गर्न सक्छ ?

पक्कै हुँदैन । व्यक्तिको उमेर वा मादक पर्दाथको सेवनले  डिएनए परीक्षणको नतिजालाई कुनै पनि हालतमा प्रभावित पार्दैन । किनकी यसलाई  कुनै पनि हालतमा बदल्न सकिन्न । यस्ता परीक्षण जैविक पिताको मात्र नभई जैविक माता पत्ता लगाउनका लागि पनि गरिन्छ । यद्यपी, यस्ता परीक्षण विरलै गरिन्छ ।

कसरी गरिन्छ डिएनए परीक्षण ?

डिएनए परीक्षणका लागि व्यक्तिको गालाभित्रको टिस्युको नमुना संकलन गरिन्छ । विशेगारी एटा कटन स्वाबलाई गालाको भित्री भागमा रगडेर उक्त नमुना संकलन गर्न सकिन्छ । यस्ता परीक्षण गर्नका लागि यस्ता चार स्वाब संकलन गरिन्छ ।

यस्ता परीक्षण गर्नु पूर्व खाना खानाले  कुनै असर गर्दैन । तर डीएनए नमुना संकलनका लागि प्रयोग गरिएको वकल स्वाब दुषित हुन सक्दछ ।

त्यसो त डिएनए परीक्षणका लागि यस्ता नमुना नङ्ग, कपाल, रगत लगायत शरीरका अन्य कोशिकाबाट पनि लिन सकिन्छ । तर वकल स्वाब लिन सजिलो तथा पिडा रहित हुने भएकोले डिएनएको लागि यो राम्रो विकल्प मानिन्छ । नेपालमा डिएन परीक्षण विभिन्न अस्पतालहरुमा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment