Comments Add Comment

नितिशकुमारले प्रशान्त किशोरलाई किन पार्टीमा ल्याए ?

चुनावी रणनीतिमा ‘चाणक्य’को उपमा पाइसकेका प्रकाश किशोर पाण्डेय बिहारको सत्तारुढ दल जनता दल युनाइेड -जेडीयू)मा प्रवेश गरेका छन् ।

सन् २०१५ मा उनले महागठबन्धनको जीतमा जुन भूमिका निभाए, त्यो इतिहास भइसक्यो । वर्तमानले मुख्यमन्त्री नितिशकुमार २०१९ को संसदीय चुनावमा पार्टीलाई सफलता दिलाउन चाहन्छन् ।

वरिष्ठ पत्रकार नचिकेत नारायणकाअनुसार प्रशान्त किशोरले पूर्वमा भाजपा र कांग्रेससँग काम गरिसकेका छन् । तर, उनको तालेमेल नितिशकुमारसँग राम्रो मिलेको छ । जेडीयूमा पूर्णकालीन कार्यकर्ताका रुपमा सहभागी हुनुले उनी राजनीतिमा भूमिकाको खोजीमा रहेको बुझिन्छ ।

पत्रकार नारायण भन्छन्, ‘प्रशान्त डेडीयूमा संलग्न हुनुको यसको प्रमाण हो । उनले पार्टीका लागि एक रणनीतिकारका रुपमा सहयोग गर्छन् । साथै यसमा जातीय संकेत पनि छ ।’

प्रशान्त ब्राहृमण जातिका हुन्, जो पहिले कांग्रेस र आज भाजपासँग छ । प्रशान्त किशोरलाई पार्टीमा संलग्न गराएर नितिशकुमारले ब्राम्हण जातिका बीचमा आफ्नो आधार बढाउन पनि चाहन्छन् ।

अब उनले रणनीतिकारसँगै नेताका रुपमा जेडीयूमा काम गर्नेछन् । अब उनका सामू लक्ष्य हुनेछ कि जेडीयूको एनडीएको कोटामा धेरैभन्दा धेरै सिट दिलाउनु र पार्टीको भागमा परेको सिटमा सफलता दिलाउनु ।

वरिष्ठ पत्रकार अरुण पाण्डेय भन्छन् कि आगामी लोकसभा चुनाव राष्ट्रिय स्तरमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि चुनौती हुनेछन् । विहारमा नितिशकुमारका लागि पनि यो चुनाव प्रतिष्ठाको विषय हो किनकी उनी एनडीएमा संलग्न भएपछि ‘छोटे भाइ’ को भूमिकामा छन् ।

महागठबन्धनको सरकार बनाएपछि नितिशकुमारले २०१६ मा उनलाई आफ्नो सल्लाहकार बनाए र क्याबिनेटमन्त्रीको दर्जा पनि थिए । विहार विकास मिसनको शासी निकायको सदस्य पनि भए ।

अब हेर्न बाँकी छ कि प्रशान्त किशोरले आफ्नो बढ्दो उचाई र पुराना नेताहरुको घट्दो लोकपि्रयतालाई रोक्न कस्तो रणनीति बनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment