Comments Add Comment

सकियो नाडाः २४ सय सवारी बुक, ६५ हजार अवलोकनकर्ता

३१ भदौ, काठमाडौं । यो वर्षको नाडा अटो-शो आइतबार सकिएको छ । भृकुटीमण्डपमा भव्यतापूर्वक सकिएको शोमा झण्डै ५ सय करोड रुपैयाँ बराबरको कारोबार भएको अनुमान छ ।

गतवर्ष भन्दा यो वर्ष कारोबार बढेेको व्यवसायीको भनाइ छ । यो वर्ष ८ गाडी बुक भएका छन् भने १६ सय बाइक पनि ग्राहकले बूकिङ गरेका नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

मेला ६५ हजारले अवलोकन गरेका छन् । मेलामा बाइकको तर्फबाट बेष्ट स्टल टीभीएसले पाएको छ भने गाडीको सबैभन्दा उत्कृष्ट स्टलको उपाधि फक्सवागनले जितेको छ ।

नाडा मोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा गत भदौ २६ गतेदेखि मेला सुरु भएको थियो । मेलामा दुई पांग्रे र चार पांग्रे सवारीसहित मेलामा टायर, लुबि्रकेन्ट तथा स्पेयरपार्टस्को पनि कारोवार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment