Comments Add Comment

सूरवीरलाई उपाधि

काठमाडौं । नमूना बौद्ध मास्टर्स चेस च्याम्पियनसिपको उपाधि सुरवीर लामाले जितेका छन् । बौद्धस्थित नमूना चेस क्लवको हलमा भएको प्रतियोगितामा सात चरणमा ६ अंकसहित उपाधि जितेका लामाले ५० हजार पुरस्कार पाए ।

स्वीस लिग फर्म्याटअनुसार खेलाइएको प्रतियोगिताको सातौं चरणमा लामाले राजन सुवेदीलाई पराजित गरी उपाधि जितेका हुन् ।

साढे ५ अंकसहित दोस्रो भएका क्याण्डिडेट मास्टर कृष्ण थापाले ३० हजार पुरस्कार पाए । अन्तिम चरणको खेलमा उनले क्याण्डिडेट मास्टर केशव श्रेष्ठलाई हराउँदै दोस्रो स्थानमा आएका हुन् ।

समान साढे ५ अंक भए पनि बुकोल्सका आधारमा अर्का क्याण्डिडेट मास्टर मदनकृष्ण कायस्थ तेस्रो भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । सातौं चरणको खेलमा श्रेष्ठले फिडे मास्कर मनिष हमाललाई पराजित गरेका थिए ।

समान पाँच अंक भए पनि फिडे मास्कर मनिष हमाल चौथो र क्याण्डिडेट मास्टर केशव श्रेष्ठ पाचौं भए । उनीहरुले जनही क्रमसः १५ र १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीको रुपमा शान्ति धिमालले १० हजार तथा उत्कृष्ट क्लव खेलाडीको रुपमा आयोजक नमूना बौद्ध चेस क्लवका निरञ्जन पुडासैनीले १० हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment