Comments Add Comment

सौरभ मृत्यु प्रकरण: अत्महत्या भएको प्रहरी दाबी

३१ भदौ, मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस तहमा अध्यनरत बिद्यार्थी सौरभ उप्रेतीको आत्महत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

उनको नियोजित रुपमा हत्या भएको भन्दै आफन्त र अधिकारकर्मीहरुले प्रदर्शन गरिरहेका वेला मोरङ प्रहरीले उनको आत्महत्या भएको दाबी गरेको हो ।

बाराको कोल्भी नगरपालिका घर भएका सौरभ एमबीबीएस अन्तिम बर्षको परीक्षा दिने तयारीमा थिए । उनलाई गत १६ साउनमा सुतेकै स्थानमा मृत फेला पारिएको थियो । उनको घाँटीमा ल्यापटपमा प्रयोग हुने तार बेरिएको भेटिएको थियो ।

घाँटीमा गहिरो चोट देखिएन 

प्रहरीका अनुसार उनको पोष्टमार्टम रिपोर्टले हत्या नभइ आत्महत्या भएको देखाएको छ । ‘पोष्टमार्टम रिपोर्ट हेर्दा हत्या भए जस्तो देखिएन’, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले अनलाइनखबरसँग भने, ‘पोष्टमार्टम रिपोर्टले घाटीमा बेरिएको अवस्थामा भेटिएको तार अरु कसैले थिचेको देखाएको छैन ।’

प्रहरीका अनुसार घाँटीमा भएको डाम गहिरो छैन । कसैले तारले घााटी थिचेको भए पोष्टमार्टम रिपोर्टमा गहिरो चोट भएको देखिने केसी बताउँछन् ।

उनका आफन्तले आत्महत्या नभइ हत्या भएको बताउँदै प्रहरीले अनुसन्धान नगरेको गुनासो गरेका थिए । उनको हत्या भएको दाबी गर्दै अभियुक्तलाई यथाशिघ्र पक्राउ गर्न मागसहित आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन समेत भएको थियो ।

डिप्रेशनका रोगी 

प्रहरीले भने सौरभको डायरी र पोष्टमार्टम रिपोर्टले उनी डिप्रेशनको रोगी भएको देखाएको दाबी गरेको छ ।

उता, सौरभको मृत्यु प्रकरणका बारेमा उनी अध्ययनरत नोबेल मेडिकल कलेजले घटनाको एक महिना बितेपनि केही नबोलेको गुनासो गरिएको छ ।

कलेजले आफ्नो विद्यार्थीको शोक समेत नमनाएको र कलेज मौन बस्नु अनौठो भएको अाफन्तको गुनासो छ । प्रहरीले मृतक बिद्यार्थीको शवको पोष्टमार्टमका लागि सुनसरीको धरानस्थित बिपी स्वास्थ्य प्रतिष्ठानमा पठाएको थियो ।

परीक्षणपछि उनको अन्त्येष्टि गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment