Comments Add Comment

अन्तरविद्यालय पौडीमा लिङ्कन बन्यो च्याम्पियन

काठमाडौं । लिङ्कन स्कुलले १७ औं एलए कप अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि जितेको छ । लिङ्कन २ सय ७ अंकसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

लिटिल एन्जल्स (एलए) स्कुलद्वारा आयोजित प्रतियोगितामा राजश्री गुरुकुल दोश्रो र आयोजक एलए तेश्रो भए । राजश्रीले ६७ र एलएले ५० अंक जोडे ।

दुईदिने प्रतियोगितामा विभिन्न ६५ विद्यालयबाट ३ सय ४ खेलाडीले ५० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment