+
+

मैदाको रोटी र पास्ताले निम्त्याउन सक्छ मानसिक समस्या !

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते ९:३९

काठमाडौं । गहुँ लगायतका अन्नमा पाइने ग्लुटेन नामको प्रोटिनले पेटको समस्या उत्पन्न गर्नुका साथै मानसिक स्वास्थ्यमा समेत असर पुर्‍याउन सक्ने अध्ययनबाट पत्ता लागेको छ । वैज्ञानिकहरुका अनुसार मैदाको रोटी र पास्तामा ग्लुटेन बढी हुन्छ र यसको नियमित सेवनले केही मानिसहरुलाई थकित र निराश तुल्याउन सक्छ ।

सेलिएक रोगको कारणले केही मानिसहरु साँच्चै नै अन्नको प्रोटिनयुक्त खानेकुरा सहन सक्दैनन् । करिब १ प्रतिशत मानिसमा यो समस्या हुन्छ । तर, योभन्दा धेरै करिब १२ प्रतिशत मानिसहरुमा ग्लुटेन संवेदनशीलता पाइन्छ जसले पेट फुल्ने र वान्ता हुने गर्छ ।

नन सेलिएक ग्लुटेन संवेदनशीलता साँच्चै हुन्छ वा भ्रम मात्र हो भनेर शोधकर्ताहरुले ब्लाइन्ड फुट टेस्ट गरे र ती मानिसहरुको लक्षणहरुको परीक्षण गरे । यो प्रक्रियाबाट उनीहरुले केही मानिसहरुलाई उच्च ग्लुटेनको सेवनपछि साँच्चै मानसिक स्वास्थ्य समस्याहरु देखिएको पाए ।

उक्त अध्ययन मेलबर्न अष्ट्रेलियाका ला ट्रोब विश्वविद्यालयका शोधकर्ताहरुले गरेका थिए । धेरै सातासम्म १४ जना सहभागीहरुलाई ग्लुटेन भएको र नभएको दुवैथरी दही र मफिन दिइएको थियो । सहभागीहरुलाई कुनमा ग्लुटेन छ र कुनमा छैन भन्ने थाहा दिइएको थिएन ।

दुवै खालको खानेकुरा खाएपछि सहभागीहरुले उनीहरुलाई समान स्तरको पेट फुल्ने र बाँउडिने समस्या भएको बताए र त्यसले त्यो ग्लुटेन सेन्सिटिभिटी भन्दा अन्य चीजको कारणले भएको थाहा भयो ।

न्यू साइन्टिस्टका अनुसार  विज्ञहरुले पेट फुल्ने र बाँउडिने समस्या फ्रुक्टान भनिने कार्बोहाइड्रेटको कारणले वा ग्लुटेनकोे डरको कारणले भएको हुनसक्ने बताएका छन् ।

तर, उनीहरुले अध्ययनबाट ग्लुटेनको सेवनपछि थकित देखिने र मनमा नकारात्मक भावना आउने पत्ता लगाए । यसले ग्लुटेनले साँच्चै मानिसको मस्तिस्कमा असर गर्ने देखाउँछ ।

शोधको नेतृत्व गरेकी डाक्टर जेसिका बिसेइकिरेस्कीले भनिन्, ‘हामीले ग्लुटेन खानासाथै सबैलाई निराश बनाउँछ भनेका छैनौं । यसले सानो संख्याका मानिसहरुलाई मात्रै असर गर्छ । तर, मानिसहरुलाई ग्लुटेन नभएको खानेकुरा खाएपछि राम्रो महसुस भयो भनेर चैं भन्न सकिन्छ ।’

बिसेइकिरेस्कीका अनुसार मानिसहरुले ग्लुटेन खान छोडेपछि ताजा फलफूल र सागसब्जीहरु खान र स्वस्थ जीवनशैली अपनाउन चाहन्छन् ।

उनको अध्ययनले पत्ता लगाएको तथ्य एक अर्को पुरानो अध्ययनसँग मिल्दोजुल्दो छ जसले प्रोटिन सेन्सेटिभभन्दा धेरै ग्लुटेन सेन्सेटिभ मानिसहरुमा निराशाको लक्षणहरु बढी देखापर्ने पत्ता लगाएको थियो ।

सन् २०१५ मा इटालीमा गरिएको अध्ययनले ग्लुटेन संवेदनशील मानिसहरुमा ग्लुटेनको सेवनपछि निराशा बढ्ने र ब्रेन फगिनेस हुने तथ्य पत्ता लगाएको थियो । अष्ट्रेलियाको न्यूक्यासल विश्वविद्यालयका शोधकर्ता माइकल पोट्टर भन्छन्, ‘यी अध्ययनहरुले साँच्चै नै यस्ता मानिसहरुलाई ग्लुटेनको कारणले मानसिक स्वास्थ्य समस्याहरु देखिने र उनीहरुलाई विभिन्न चुनौतीहरु आइपर्ने देखाउँछ ।’

डाक्टर बिसेइकिरेस्कीको टिमले पत्ता लगाएका तथ्यहरु गत साता ग्यास्ट्रोएन्टेरोलोजिकल सोसाइटी अफ अष्ट्रेलियामा प्रस्तुत गरिएको थियो ।

डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?