Comments Add Comment

तपाईंका यी आनीबानी, जसले थाइराइड ग्रन्थी प्रभावित हुन्छ

थाइराइड ग्रन्थी शरीरको महत्वपूर्ण ग्रन्थी हो । यस ग्रन्थीले थाइराक्सिन नामक हर्मोनको निर्माण गर्छ, जसले शरीरका सबै अंगको कार्य प्रणालीलाई नियन्त्रित गर्न सहयोग गर्छ ।

शरीरमा थाइराक्सिन हर्मोन आवश्यकता भन्दा कम भएमा वा बढी  भएमा पनि स्वास्थ्य सम्बन्धि विभिन्न समस्या पैदा हुने गर्छ ।

शरीरमा थाइराक्सिन हर्मोनको गडबडी हुनुमा हाम्रो खराब बानी पनि एक हो । हाम्रो खराब बानीका  थाइराइड ग्रन्थीमा नकारात्मक असर पर्छ । जसका कारण थाइराइड ग्रन्थी प्रभावित भई थाइराइड सम्बन्धि समस्या निम्तने गर्छ ।

थाइराइड ग्रन्थीलाई प्रभावित पार्ने खराब बानी 

-धुमपान

-गलत खानपान

-तनाव

-ग्लूटेनयुक्त खाद्यपदार्थको सेवन

-आयोडिनको कमी

धुमपान

धुमपान तथा सुर्तीजन्य पर्दाथको सेवन र थाइराइड ग्रन्थीको विशेष सम्बन्ध हुन्छ । किनकी अत्याधिक मात्रामा धमपान तथा सुर्तजन्य पदार्थको सेवनले थाइराइड हुने सम्भावना उच्च हुन्छ । सुर्तीजन्य पदार्थमा साइनाइड  लगायत हानीकारक तत्व हुन्छ जसले थाइराइड हर्मोन तथा थाइराइड ग्रन्थीलाई प्रभावित पार्ने गर्छ ।

जब धुमपानद्धारा शरीरमा साइनाइड प्रवेश गर्छ, तब यो एन्टी थाइराइड एजेन्ट थायोसाइनाइडको रुपमा परिणत हुन्छ । जसले थाइराइडलाई आयोडिन अवशोषित गर्नबाट रोक्छ । परिणामस्वरुप, कलेजो, मांसपेशी लगायत शरीरका विभिन्न अंगहरुलाई नियन्त्रित गर्ने हर्मोनको कमी भई थाइराइडको समस्या निम्तने गर्छ ।

गलत खानपान

गलत तथा अखाद्य वस्तुको सेवन र व्यायाम नगर्नाले थाइराइड ग्रन्थीमा प्रतिकुल प्रभाव पार्न सक्ने हुदाँ आˆनो जीवनशैलीलाई व्यवस्थित गर्ने प्रयास गरौ । ताकि भविष्यमा थाइराइडको समस्या नहोस् ।

तनाव

अनावश्यक तनावले पनि स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउने गर्छ, जसमध्य  थाइराइड ग्रन्थी अस्वस्थ हुनु पनि एउटा समस्या हो । किनकी अनावश्यक तनावका कारण हाइपरथाइराइडिज्म तथा हाईपोथाइराइडिज्म लगायत दुवै समस्या निम्तन सक्छ ।

ग्लूटेनयुक्त खाद्यपदार्थको सेवन

ग्लूटेनयुक्त खाद्यपदार्थको सेवनले थाइराइडको ग्रन्थीलाई नकारात्मक असर पार्ने गर्छ । यसले मेटाबोलिज्म – खानालाई शक्तिमा परिणत गर्ने) सम्बन्धि समस्या पैदा हुनुका थाइराइड ग्रन्थी सुन्निने समस्या समेत पैदा हुनसक्छ । त्यसैले, खानामा ग्लूटेन फि्र खाद्य पदार्थको सेवन गर्नु स्वास्थ्यको लागि लाभदायक मानिन्छ । ग्लूटेन  विशेषगरी, मैदा, ब्रेड, पास्ता, सिरियल्स तथा वियरमा पाइन्छ ।

आयोडिनको कमी

थाइराइड हर्मोनको निर्माणका लागि पनि शरीरलाई  आयोडिनको आवश्यकता पर्छ । र, खानाद्धारा शरीरले पर्याप्त मात्रामा आयोडिन नपाएमा हाइपरथाइराइडिज्म तथा हाईपोथाइराइडिज्म सहित थाइराइड सम्बन्धि समस्या निम्तन सक्छ ।

त्यतिमात्र हैन, शरीरमा थाइराइडकै कमी भएमा गलगाडको समेत समस्या निम्तिन सक्ने हुदाँ यो समस्याबाट बच्नका लागि खानामा आयोडिन मात्रा सामेल गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment