Comments Add Comment

निगममा मदन खरेलको नियुक्तिप्रति सुगतरत्न असन्तुष्ट, भन्छन्- राजीनामा दिन्नँ

१ असोज, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेकोप्रति महाप्रवन्धक सुगतरत्न कंशाकारले असन्तुष्टि जनाएका छन् । तर, उनले आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।

आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा भएको व्यवस्थाअनुसार खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरिएको हो ।

सरकारको यो निर्णयबाट महाप्रवन्धक कंशाकारका केही अधिकार खोसिने सम्भावना छ । किनभने नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा कार्यकारी अध्यक्षलाई महाप्रवन्धकको काम, कर्तव्य समेत सुम्पन सक्ने व्यवस्था छ ।

त्यसैले कंशाकारले खरेलको नियुक्तिको निर्णयबाट आफूलाई आश्चर्य लागेको ट्वीट गरेका छन् । निगम व्यवस्थापनमा गजबको टि्वस्ट भएको भन्दै उनले लेखका छन्, ‘पूर्व महाप्रवन्धक मदन खरेल मन्त्रिपरिषद बैठकबाट कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । तर मैले राजीनामा नदिने निर्णय गरेको छु । र, कार्यकारी अधिकारविनाको सीईओमा फर्किएको छु । मलाई थाहा छ यसबाट धेरैलाई आश्चर्य लाग्ने छ ।’

उनले फेरि अर्को ट्वीट गर्दै भनेका छन्, ‘नेतृत्व तहमा बस्नेहरुको लागि बारम्बार कुनै जोखिमको सामना गर्नु नपर्ने विकल्प र खतरा भएपनि साहस गरी निर्णय गर्नै पर्ने मध्य एउटा रोज्नु पर्ने परिस्थिति उत्पन्न भइरहेको हुन्छ ।’

झापा घर भएका मदन खरेल २०७० जेठमा चार वर्षका लागि निगमको महाप्रवन्धक बनेका थिए । तर, कर्मचारी युनियनको कार्यशैलीबाट काम गर्ने वातावरण नभएको भन्दै उनले एक वर्षमै राजिनामा दिएका थिए ।

उनलाई सरकारले गत शुक्रबार निगमको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । त्यसको दुई दिनपछि नै सरकारले उनलाई कार्यकारी अध्यक्ष बनाएको छ ।

सुगतरत्न वाइडबडी विमान खरिद प्रकरणमा विवादमा मुछिएका छन् । विमान किन्दा नक्कली कम्पनी खडा गरेको, आर्थिक हिनामिना गरेको आरोप उनलाई लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment