Comments Add Comment

असुरक्षित यौन सम्बन्धले हुनसक्छ, मुत्राशयको गंभिर संक्रमण

पिसाब फेर्न गाह्रो हुन्छ, पिसाब फेर्ने क्रममा दुख्ने, पोल्ने समस्या हुनसक्छ, यौनाङ्गमा घाउँ-खटिरा देखापर्न सक्छ । यी लक्षण हुन्, मूत्रनली वा मूत्रमार्गको संक्रमण ।

मुत्राशयमा हुने संक्रमणलाई बोलीचालीको भाषामा मूत्रनली वा मूत्रमार्गमा हुने संक्रमण भन्ने गरिन्छ । मुूत्राशयमा ब्याक्टेरियाको संक्रमण धेरै भएमा मूत्राशयको संक्रमण हुने गर्छ । यस्ता सक्रमण गर्ने व्याक्टेरिया जांग वरिपरि रहने गर्छ । यौन सम्पर्क गर्दा यो व्याक्टेरिया शरीरमा प्रवेश गर्दछ । अक्सर यस्तो गडबडी असुरक्षित यौन सम्बन्धका कारण पनि हुनसक्छ ।

यस्ता संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ । संक्रमणबाट बच्चा समेत ग्रसित हुने गर्दछन् । आखिर, मूत्राशयको संक्रमण किन र कसरी हुन्छ, र, यसको लक्षण तथा उपचार विधि के हो ?

मुत्राशय तथा मूत्रनलीमा हुनसक्ने संक्रमणको कारण

शरीरको विशिष्ट द्रव्यलाई एकत्रित गरेर त्यसलाई पिसाबको रुपमा शरीरबाट बाहिर निकाल्नु नै मूत्राशयको मुख्य काम हो । जब एक निश्चित समय पश्चात्त मूत्रासयमा पिसाब एकत्रित हुन थाल्छ, तब व्यक्तिलाई पिसाब फेर्ने तिब्र चाहना हुन्छ । तर कहिलेकाही पिसाबलाई  लामो समय रोकेर राख्दा मुत्राशयमा व्याक्टेरियाको संख्या बढेर मुत्राशय तथा मूत्रनलीको संक्रमण हुने गर्छ ।

ओछ्यानमा पिसाब फेर्ने बानीका कारण बालबालिकाहरुमा पनि यसको संक्रमण उच्च हुने गर्छ । यो संक्रमण भएमा पिसाब राम्ररी हुन नसकी मूत्राशय तथा मूत्रनलीमा यसको संक्रमण फैलिने गर्छ ।

यस्ता संक्रमण फैलाउने इशरीकिया कोली नामको व्याक्टेरिया जाँघ वरिपरि बस्ने गर्छ । जब व्यक्तिले यौन सम्बन्ध राख्ने गर्छन्, तब उक्त व्याक्टेरिया मूत्राशयमा प्रवेश गरी ९० प्रतिशत संक्रमण फैलाउने गर्छ । यो संक्रमण मिर्गौलासम्म फैलिएमा मिर्गौलाको संक्रमण हुने गर्छ ।

मुत्राशय र मुत्रनलीमा हुनसक्ने संक्रमणका लक्षण

-ज्वरोका साथै पसिना आउनु वा  जाडो महसुस हुनु

-पिसाब कम मात्रामा हुनु

-पिसाब अनियन्त्रित हुनु

-पिसाब गर्दा दुख्नु वा पोल्नु

-शरीरमा ऐठन महसुस हुनु

-पिसाब गन्हाउनु

-पिसाबमा  रगत  देखिनु वा  गहिरो रङ्गको पिसाब हुनु

-यौन सम्बन्ध राख्दा दुख्नु

-मेरुदण्डको दायाँबाया दुख्नु

मुत्राशय तथा मूत्रमार्गमा संक्रमण भएमा शरीर थकित हुने गर्छ । साथै, यसले मिर्गौलामा पनि सबैभन्दा धेरै असर पर्नुका साथै  कम्मरमा  तिव्र दुखाई हुनुका साथै उच्च ज्वरो आउने सम्भावना उच्च हुने गर्छ । यदी वर्षदिन भित्रमा तीन पटक भन्दा बढी पटक यो समस्या भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ।

यदी कसैलाई यस्ता संक्रमण भएको शंका लागेमा चिकित्सकको परामर्शमा निश्चित परीक्षणहरु गरेर यो समस्या भए, नभएको थाहा पाउन सकिन्छ । र, मुत्राशय तथा मुत्रनलीको संक्रमण भएको पुष्टी भएमा एन्टीबायोटिक्सको साथमा प्रशस्त मात्रामा झोलिलो पदार्थ तथा पानीको सेवन गर्नु पर्दछ । यसले शरीरमा संक्रमण गराउने व्याक्टेरियालाई बाहिर फाल्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment