Comments Add Comment

क्यारेबियन लिगको उपाधि नाइट राइडर्सलाई

काठमाडौं । क्यारेबियन प्रिमियर लिगको उपाधि साविक विजेता ट्रिन्बागो नाइट राइडर्सले जितेको छ । लगातार दुई संस्करणको उपाधि जित्ने यो पहिलो टिम हो ।

साथै अहिलेसम्म तीन पटक उपाधि जित्ने पनि यो पहिलो टिम बन्न सफल भएको छ ।

कोलिन मुनरोले अर्द्धशतक प्रेरित नाइट राइडर्सले गुयायना अमाजोन वारियर्सलाई ब्रायन लारा रंगशालामा ८ विकेटले हरायो ।

२४७ रनको लक्ष्य उसले १५ बल बाँकी छँदा हासिल गरेका थियो । खारी पियरेले तीन विकेटसहितको सनसनी बलिङ गरेपछि वारियर्स सामान्य स्कोरमा समेटिएको थियो । उक्त स्कोर पछ्याउन नाइट राइडर्सलाई कुनै कठिनाई भएन ।

मुनरोले प्रतियोगितामा आफ्नो छैटौं अर्द्धशतक बनाए । उनले ३९ बलमा ६८ रनको पारी खेले । प्रतियोगिताको इतिहासमै सर्वाधिक रन बटुल्ने ब्याट्सम्यान पनि मुनरो बनेका छन् । उनले कुल ५ सय ६७ रन बनाए जुन यसअघिको रेकर्डभन्दा एक सय ९ रन बढि हो ।

टस हारेर ब्याटिङमा उत्रिएको वारियर्सले पहिलो बलमै विकेट गुमाएको थियो । उसका लागि ओपनर लुक रोन्चीले सर्वाधिक ४४ रन बनाए । अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment