Comments Add Comment

नेपाली अवार्डमा टीनाको सुन्दरता

टीना आहुजा, बलिउडका सफल नायक गोविन्दाकी छोरी हुन् । गोविन्दा र सुनिता आहुजाकी सन्तान टीनाका लागि नेपाल मामाघर हो । किनकी, सुनिता नेपालकी हुन् ।

यसैले, शनिबार बिहान त्रिभुवन विमानस्थलबाट बाहिरिदै गर्दा उनमा छुट्टै प्रकारको खुशी छाएको थियो । उक्त खुशी आइतबार काठमाण्डौमा आयोजना भएको ‘सिनेमा सर्कल अवार्ड’मा झनै देखियो । कालो पहिरनमा निकै आकर्षक बनेर पुगेकी टीनाले नेपाली मिडियासँग खुलेरै तस्बिर खिचाइन् ।

बलिउडमा टीनाले चलचित्र ‘सेकेन्ड ह्यान्ड हजबेन्ड’मा अभिनय गरेकी छिन् । उनी, बलिउडमा स्थापित भने हुन सकिनन् । पिता गोविन्दाको साथमा नेपाल आएकी टीनाले नेपालमा आउन पाउँदा र अवार्डमा सहभागी हुन पाउँदा खुशी लागेको बताइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment