Comments Add Comment

गोविन्दा बाहिर निस्कदा २ पटक नाँचे रेनशा र धिरज

एउटा अवार्ड कार्यक्रममा चलचित्रको खुलेरै प्रचार गरिनु त्यती राम्रो मानिदैन । तर, नेपालमा आयोजना हुने अवार्डका स्टेजमा त्यो हुन्छ जुन अन्त विरलै देखिन्छ ।

आइतबार आयोजना भएको ‘सिनेमा सर्कल अवार्ड’मा निर्देशक रेनशा वान्तवा राइले आफ्नो रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को राम्रैसँग प्रचार गरिन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह देश बाहिर रहेको समयमा रेनशा नायकद्धय धिरज मगर र सारुक ताम्राकारलाई लिएर स्टेजमा पुगेकी थिइन् । चलचित्रमा समावेश ‘उडायो हावाले’ बोलको गीतमा रेनशा र धिरजले छोटो नृत्य गरे ।

साम्राज्ञी बाहिर जाँदा दुःख लागेको भन्दै रेनशाले धेरै तयारी नै गर्न नपाएको बताइन् । उनको भनाइमा उनी साम्राज्ञीप्रति त्यती खुशी भएको देखिएन ।

यी दुइले नृत्य गर्दै गर्दा कार्यक्रमका विशेष अतिथी गोविन्दा बाहिर निस्किएका थिए । अझ, यसो भनौ धिरज र रेनशाको छोटो नृत्य गोविन्दाले हेर्न पाएनन् । गोविन्दाले हेर्न नपाएपनि हलमा भरिभराउ दर्शक, पत्रकार र चलचित्रकर्मीले त प्रचारका लागि गरिएको नृत्य हेरेका थिए ।
तर, कार्यक्रम संचालक तथा आयोजक प्रमुख दिनेश डीसीले गोविन्दाले हेर्न नपाएको भन्दै त्यो छोटो नृत्य फेरि देखाइदिन रेनशा र धिरजलाई आग्रह गरे । गोविन्दाका लागि रेनशा र धिरज फेरि नाँचे ।

चलचित्र प्रचारमा रहेका धिरज र रेनशालाई त गोविन्दाको बहानमा फेरि नृत्य गर्न पाउँदा खुशी नै लाग्यो होला, तर दिनेशको गोविन्दा मोह भने गज्जबले नै देखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment