Comments Add Comment

चीनमा माओलाई सम्झेर प्रचण्ड भावुक

१ असोज, चीन । चीनको भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्ड आइतबार साँझ येनानमा माओत्सेतुङका ऐतिहासिक स्थलहरुको अवलोकनपछि भावुक बने ।

नेकपाका अध्यक्ष प्रचण्डले आइतवार साँझ चीनको सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङगसँग भने- ‘धेरैपटक चीनको भ्रमण गरे पनि क्रान्तिको ऐतिहासिक नगरको अवलोकन गर्ने सन्दर्भ नमिलेको उल्लेख गर्दै यसपटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा यो अवसर मिलेकोमा अत्यन्त खुसी लागेको छ ।’

येनानमा बसेर माओले विकास गरेको जनयुद्ध र नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै माआत्सेतुङ बिचारधारा भएको उल्लेख गर्दै नेकपा अध्यक्ष प्रचण्डले आफूहरु यसै विचारको अध्ययनबाट प्रेरित भएको बताए ।

प्रचण्डले भने- यहाँ आउँदा आफ्नै क्रान्तिको अध्ययन र अनुभव गरेजस्तो भएको छ ।’

येनान नगरका सेक्रेटरी सु सिन रोङले सान्सी प्रान्त र येनान नगरको बारेमा प्रचण्डलाई संक्षिप्त व्याख्या गरेका थिए । उनले अरु प्रान्तमा जस्तै यहाँ पनि विकासको तीब्रता रहेको बताएका थिए ।

भेटका क्रममा प्रचण्डले आफू र आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र येनानवासी जनसमुदायलाई धन्यवाद ज्ञापन गरे ।

छलफलका क्रममा प्रचण्डले चिनियाँ क्रान्तिको ऐतिहासिक भूमिका केवल चिनियाँ जनता र पार्टीको मात्र नभएर संसारभरिकै निम्ति प्रेरणाको स्रोत हो भन्ने कुरा नेपाली जनतामा स्थापित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment