Comments Add Comment

दोहोरो विश्व कीर्तिमानी उज्वल ठकुरीको तेश्रो गिनिज बुक अफ वर्ल्ड रेकर्डको तयारी

अमेरिका/ अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका दोहोरो विश्व कीर्तिमानी उज्वल ठकुरीले तेश्रो गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को लागि तयारी छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिलस्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को प्राङ्गङमा उनले उक्त प्रयास गरेका हुन् ।

यसका लागि नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)का पदाधिकारी, समाजसेविहरु, खेलकुदका खेलाडीहरु, प्रशिक्षकहरुलगायत संचारकर्मीको उपस्थितिमा उनले तेश्रो गिनिज बुक अफ वर्ल्डको लागि प्रयास गरेका हुन् ।

उनले गरेको प्रयास गिनिज बुक अफ वर्ल्ड रेकर्ड संस्थामा पठाउनु पर्ने तथा अन्य कागजी पत्रको आदान प्रदान गरेपछि मात्र परिणाम आउने छ ।

उनले नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को प्राङ्गङमा आफ्नो उचाई जतिकै स्थानमा झुन्ड्याइएर राखेको काचो अन्डा फुटाएर विश्व कीर्तिमान गर्ने प्रयास गरेका छन् ।

उनले १ मिनेट भित्र अगाडि लात्ती प्रहार गरी ६४ वटा काचो अन्डा फोड्न सफल भएका छन् । उनले ५३ वटा काचो अन्डा यसै गरी फोडेको कीर्तिमानलाई तोड्ने प्रयास गरेका छन् ।

ठकुरीले विश्व कीर्तिमान तोड्ने प्रयास गरेता पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डले सबै कुराको जाँच पड्ताल गरेपछि मात्र निर्णय गर्ने हुनाले केही समयका लागि प्रतिक्षा गर्नु पर्नेछ ।

कराते खेलाडी ठकुरीले आफैँले बनाएको कीर्तिमान तोड्दै छोटो समयमा पुनः दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । उनले गत वर्ष २०१७ को सेप्टेम्बर २३ तारिखका दिन १३९.४९ पौण्ड ९६३.९७ केजीमा पहिलो विश्व कीर्तिमान गरेका थिए ।

त्यसै गरी उनले दोश्रो कीर्तिमान अमेरिकाको ओहायोको टोलेड़ोमा गएर गत वर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२.४८ पौण्ड ९६४.६३ केजीको तौल दात र शरीरमा राखेर दुवै खुट्टा फाडेर विश्व कीर्तिमान गरेका थिए ।

ठकुरीले पाँच विधाको निर्माण गर्नुका साथै तीन वटा विधामा अन्तर्राष्ट्रिय पदक हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment