Comments Add Comment

‘चङ्गाचेट गीत’: आयुष्मान र प्रियंकाको ‘ढल्की ढल्की’

कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘ढल्की ढल्की’ बोलको डान्सिङ गीत सार्वजनिक भएको छ । अल्मोडाराना उप्रेतीको स्वर रहेको यो गीतमा हरिहर तिमिल्सिनाको शब्द, मिस्टर आरजेको संगीत छ ।

यो गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, परमिता आर एल राणा, रविन्द्र झा र सन्दिप क्षेत्रीलाई देख्न सकिन्छ ।

भिडियोमा आयुष्मान र पि्रयंका, रविन्द्र र सुरक्षा, सन्दिप र परमितालाई जोडी बनाइएको छ । डार्क कमेडी कथामा निर्माण भएको यो चलचित्रले नक्कली नोटको कथालाई उठान गरेको छ ।

निरज कँडेलको छायांकन, प्रविण सिंहको कोरियोग्राफी रहेको यो भिडियो आकर्षक छ । दिपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment