Comments Add Comment

संघीयता खारेजीका लागि केही दिनमै संशोधन प्रस्ताव दर्ता हुन्छ : चित्रबहादुर केसी

१ असोज, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजीका लागि केही दिनभित्रै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन् ।

सोमबार बुटवलमा प्रगतिशील पत्रकार संघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा उनले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न सबै तयारी सकिएको भन्दै केही दिनमा दर्ता गरिने बताए ।

संघीयतालाई राष्ट्रिय जनमोर्चाले मात्रै नभई कांग्रेस र नेकपाले पनि नचाहेका कारण ढिलो चाँडो अन्त्त्य हुने केसीले जिकिर गरे ।

केसीले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर प्रदेश सरकार खारेज गर्नुपर्ने बताए ।

अहिले जनताले समेत संघीयताको आवश्यकता नरहेको महसुस गरिसकेको उनको भनाइ छ । ‘संघीयता कर बढाएर मात्रै सफल हुन्न र जनतालाई करको भारी, कुशासनको बिगबिगी छ, सरकारको हालत यस्तो छ, अब चाँडो भन्दा चाडो संघीयता खारेजीको विकल्प छैन’ अध्यक्ष केसीले भने ।

केही शक्तिले सरकार ढाल्ने खेल सुरु गरिसकेको भन्दै उनले संघीयता लाद्ने शक्तिकेन्द्रले नेपालमा स्थायी सरकार चल्न नदिने दाबी गरे ।
अध्यक्ष केसीले सरकार असफलताको दिशामा अघि बढिरहेको भन्दै समयमै कार्यशैली नबदले जनताले विकल्प खोज्ने चेतावनी दिए ।

उनले भने ‘बलात्कारका घटना बढेका छन्, महंगी, भ्रष्टाचार,हिंसा न्युनीकरण भएको छैन अपराधी, तस्कर उम्काइएको छ अब यो सरकारबाट जनताले अब के आशा गर्ने ?’

सातवटै प्रदेशमा बहुमत रहेको सरकारलाई काम गर्न कसैले नरोकेको केसीले बताए । ‘काम गर्न कस्ले रोकेको छ ?’ उनले थपे ँसातै वटा सरकारमा त्यत्रो बहुमत छ, माफिया, तस्कर, ठेकेदारको घेरा तोड्न पनि सरकारले सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment