Comments Add Comment

सौरभका परिवारको प्रश्न : आफैले घाँटी थिचेर मृत्युवरण सम्भव छ ?

१ असोज, काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीले आत्महत्या गरेको प्रहरी दाबी परिवारले अस्वीकार गरेका छन् । उनीहरुले सौरभको हत्या भएको भन्दै प्रहरी छानविनमाथि प्रश्न उठाएका छन् ।

प्रहरीले आइतबार पोष्टमार्टम रिपोर्टबाट सौरभले आत्महत्या गरेको देखिएको बताएको थियो ।

एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत बारा कोल्हवीका सौरभ १६ साउनमा मृत भेटिएका थिए । उनको घाँटीमा ल्यापटपमा प्रयोग हुने तार बेरिएको थियो ।

परिवारले सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले नै अपराधीलाई उन्मुक्ति दिएको र प्रमाणहरु नष्ट गरेको भन्दै सडक आन्दोलनको घोषणासमेत गरेको छ । मृतकका बुबा अर्जुन उप्रेतीले छोराको हत्यामा संलग्न अपराधीलाई कानुनअनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाएका छन् ।

आमा गोपिनी सापकोटाले भनिन्, ‘दुईतिहाईको सरकारसँग न्याय दिने क्षमता छैन, पीडितहरुले आँशु झार्दै बस्नुपर्छ, हाम्रो आशुले अपराधीलाई पोल्नेछ ।’

मृतककी दिदी सोनु उप्रेतीले मुलुकमा न्यायको दियो निभ्न थालेको भन्दै सरकारलाई सचेत हुन आग्रह गरेकी छिन् । उनले भनिन्, ‘मेरो भाइको हत्या नै भएको हो, उसले आत्महत्या गरेको होइन, रहस्यमय हत्यालाई प्रहरीले प्रमाणहरु नष्ट गरेर काल्पनिक रुपमा आत्महत्या गरेको भन्दैे जाहेरी लिएन ।’

परिवारले घटनाबारे परिवार र प्रहरीलाई समयमै जानकारी नदिएको, सँगै बसेका साथीले घटनाबारे थाहा नपाएको लगायतका विषयमा प्रश्न उठाएको छ । ‘अस्पताल लैजाने क्रममा सँगै बस्ने र सँगैको कोठामा बस्ने दुई जनाकै कपडा रगताम्य भएको रहेछ, त्यो कपडा प्रहरीलाई नदेखाएर किन दराज पछाडि कुनामा कोचियो ? प्रहरी अनुसन्धान त्यसतर्फ किन इंगित छैन ?’

सँगै कोठामा बसेका साथीहरुमाथि पनि अनुसन्धान गर्न माग गर्दै परिवारका सदस्यहरुले भनेका छन्, करिब ६ फिट अग्लो मान्छे साढे दुई फिट अग्लो टेबलमा झुण्डिएर मर्न सक्छ ? के जमिनमा बसेर आफूले आˆनै घाँटी थिचेर नाक कानबाट रगत चुहाउँदै मृत्युवरण गर्न सम्भव छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment