Comments Add Comment

इनिस्टासँग तुलना हुँदा खुशी लाग्छः कोउटिन्हो

काठमाडौं । ब्राजिलियन मिडफिल्डर फिलिप्पे कोउटिन्हो पहिलोपटक बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने तयारीमा छन् ।

बार्सिलोना र पीएसभी एइनडोभनबीच भिडन्त अगाडि उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफू निकै उत्साहित रहेको बताए । ‘च्याम्पियन्स लिग एकदमै महत्वपूर्ण प्रतियोगिता हो र म आफ्नो टिमका लागि योगदान गर्न व्यग्र छु,’ उनले भने ।

२६ वर्षीय मिडफिल्डरले आन्द्रे इनिस्टासँग आफूलाई तुलना गरिएको विषयमा पनि मुख खोले ।उनले भने, ‘इनिस्टा एक जिनियस हुन् र उनीसँग तुलना हुनु मेरा लागि कठिन कुरा हो । म आफ्नो शैलीमा खेल्छु तर, उनीजस्तो महान खेलाडीसँग तुलना गरिँदा खुशी लाग्छ ।’

उनले इनियस्टाको स्थानमा पुग्न आफूले अझै निकै सुधार गर्नुपर्ने उनले बताए ।

आफूलाई लेफट् विङ वा मिड फिल्डमा खेल्न सहज लाग्ने भए पनि जुनसुकै स्थानबाट खेल्न तयार रहेको कोउटिन्होको भनाइ छ ।

यसपालीको च्याम्पियन्स लिगमा बार्सिलोनाको सम्भावनाबारे कोउटिन्हो भन्छन्, ‘हामी एकदम कठिन समूहमा छौं । हामीले प्रत्येक म्याचमा उत्कृष्ट खेृल्नुपर्छ ।’

बार्सिलोनाले पछिल्लो चार सिजनमा एक पटक मात्र च्याम्पियन्स लिगको उपाधि जितेको छ । उनले मेस्सी जस्तो विश्व उत्कृष्ट खेलाडीँ हुँदा पनि बार्सिलोलनाले जित्न नसक्नु आश्चर्यका विषय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment