Comments Add Comment

क्यानडामा बस्ने नेपालीबाट ७५ विद्यार्थीलाई छात्रबृत्तिको घोषणा

क्यानडा / प्रवासी नेपाली मन्च (अोएनएफ) क्यानडाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने ७५ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई ओएनएफ छात्रबृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

गण्डकी प्रदेशका सभासद एवंम युवा संघ नेपालका पूर्वअध्यक्ष राजीब पहारीको प्रमुख अतिथ्यतामा टोरोन्टोमा सम्पन्न अगुवाकार्यकर्ता भेलाले यस्तो निर्णय गरेको हो ।

बिगतमा आफूले अध्ययन गरेको विद्यालयहरू वा देशका जुनसुकै सामुदायिक विद्यालयहरुमा सँस्थाले तोकेको न्यूनत्तम शुल्क कम्तिमा ५ वर्षका लागि दिन मन्जुर ब्यक्तिहरुमार्फत रकम जम्मा गरेर ओएनएफ क्यानडाले छात्रबृत्ति दिने निर्णय गरेको हो ।

उक्त छात्रबृत्ति मदन आश्रति स्मृति दिवसको दिन एकैपटक बितरण गरिने मन्चका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

कार्यक्रमले प्रवासमा बस्ने नेपालीहरुलार्इ आफ्नो जन्मस्थानसग भावनात्मक रुपले जोड्ने सेतुको रुपमा काम गर्ने भन्दै दिल खोलेर सहयोग गर्नसमेत थापाले आव्हान गरे ।

यो छात्रबृत्ति प्राप्त गर्ने विद्यार्थीले प्रतिब्यक्ति न्यूनतम वाषिर्क पाँच हजार प्राप्त गर्नेछ्न ।

कार्यक्रमका प्रमुख अतिथि राजीव पहारीले गैरआवासीय नागरिकता सहज ढङगबाट दिने कुरामा पार्टी र सरकार दुबै लागेकाले शंका नगर्न अनुरोध गर्दै नेपालमा लगानी बृद्धिका लागि क्यानडामा बसोबास गर्ने नेपालीहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।

नेपालका निर्माणाधीन केही ठूला हाइड्रो परियोजनाहरुमा क्यानडामा बसोबास गर्ने नेपालीहरुले लगानि गरिरहेकोमा पहारीले लगानीकर्ताहरुलार्इ धन्यबादसमेत दिए ।

मन्चका महासचिब बिसम्भर घिमिरेले सन्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले, मन्चका उपाध्यक्ष पशुपति पोख्रेल लगायतले आ-आफ्ना धारणाहरु राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment