Comments Add Comment

जेम्स ट्रेडवेलले लिए सन्यास

२ असोज, काठमाडौं । इंग्ल्याण्डका अफ-स्पिनर जेम्स ट्रेडवेलले क्रिकेटबाट सन्यास लिएका छन् ।

सन् २००० मा केन्टका लागि क्रिकेट यात्रा सुरु गरेका उनले १७७ फस्ट क्लास क्रिकेट खेलेका छन् र ४२६ विकेट लिनुका साथै ४७२८ रन बनाएका छन् ।

२०१३ मा केन्टको कप्तानी गरेका थिए ।

३६ वर्षीय ट्रेडवेलले इंग्ल्याण्डका लागि भने मात्र दुई टेष्ट, ४५ एकदिवसीय र १७ टी-२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनको अन्तिम म्याच २०१४ मा भारतविरुद्ध टी-२० थियो । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ७८ विकेट लिएका छन् ।

‘करियरका क्रममा दुई देशको प्रतिनिधित्व गर्न पाएकोमा आभारी छु’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment