Comments Add Comment

त्रिविलाई प्रधानमन्त्रीको आग्रह : विश्वबजारमा बिक्ने जनशक्ति उत्पादन गर्नुपर्छ

२ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुले बिश्व बजारमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् ।

मात्रात्मक नभई गुणस्तमक शिक्षामा जोड दिनुपर्ने भन्दै उनले त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक पुनर्स्थापना र पुनर्जागरणमा केन्द्रित हुन निर्देशन दिए । नयाँ पुस्ता असाध्यै चलाख रहेको भन्दै प्रधानमन्त्री ओलीले उनीहरुको भावनालाई बुझेर विश्वविद्यालय अघि बढ्नुपर्ने बताए ।

त्रिविले बजेट कम भएको भनी गरेको गुनासोतर्फ इन्कित गर्दै प्रधानमन्त्री ओलीले देशभरै बजेट कम रहेको बताए । ‘बजेटमा न्युनता यथार्थता हो । बजेटको न्युनता देशभर छ’, उनले भने, ‘कम खर्चकोमा बढी प्रतिफल कसरी प्रप्त गर्ने भन्नेतिर ध्यान दिनुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment