Comments Add Comment

‘व्यवस्थित वीरगञ्ज’ बनाउन एक महिने ट्राफिक शिक्षा अभियान

२ असोज, वीरगञ्ज । ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको वीरगञ्ज महानगरपालिकामा सुधार अभियान सुरु गरिएको छ ।

सवारी चालकलाई ट्राफिक नियमका बारेमा सचेत गराउन र वीरगञ्जको ट्राफिक व्यवस्थापनका लागि अभियान सुरु भएको हो । ‘व्यवस्थित वीरगञ्ज’ अभियान अन्र्तगत वीरगञ्जको ट्राफिक व्यवस्थापनमा डेढ महिनामा देखिने सुधार ल्याउने उद्देश्यसहित ट्राफिक सचेतना कार्यक्रम सुुरु गरिएको ट्राफिक शिक्षा उपसमितिका संयोजक सरोज चौधरीले बताए ।

सोही क्रममा वीरगञ्जको पावरहाउस चोक, मुर्ली, घण्टाघर, माईस्थान, आदर्शनगर र रजतजयन्ती चोकसम्म विभिन्न विद्यालयका विद्यार्थीहरुलाई स्वयंसेवक ट्राफिकको रुपमा खटाइएको छ ।

बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ६ बजेसम्म ट्राफिक प्रहरी र स्वयं सेवक ट्राफिक मिलेर सवारी चालकहरुलाई ट्राफिक नियमको पालना गर्न लगाइएको अभियन्ताहरुले बताएका छन् ।

ड्युटीमा खटिएका ट्राफिक प्रहरी र स्वयं सेवक छात्रछात्राहरुले जेब्रा क्रसिङबाट बाटो काट्न, हेलमेट राम्रोसाग लगाउन, गाडी चलाउँदा वा सडकमा हिँडडुल गर्दा फोन प्रयोग नगर्न, सडकको किनाराबाट मात्रै हिड्न, मोटरसाईकलमा तीन जना नचढ्न सल्लाह दिएका थिए ।

नारायणी ईरिक्सा प्रालीका अध्यक्ष स्वयब मियाा ई-रिक्सालाई ट्राफिक व्यवस्थापनको बाधकको रुमपा हेरिने गरिएको भएपनि अब त्यसो नहुने बताए ।

‘हामीले नगरे त कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? भन्ने सोचेर सुरु गरिएको ‘व्यवस्थित वीरगञ्ज’ अभियान अन्र्तगत पहिलो खण्डमा ट्राफिक व्यवस्थान गर्ने कार्यक्रम राखिएको व्यवस्थित वीरुगञ्जका संयोजक दिलिपराज कार्कीले बताए ।

मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाकी प्रमुख ट्राफिक प्रहरी उपरीक्षक किरण बज्राचार्यले वीरगञ्जको ट्राफिक व्यवस्थापनका लागि युवा र विद्यार्थीहरुसाग मिलेर अभियान सुरु गरिएको जानकारी दिइन् ।

यो अभियान व्यवस्थित वीरगञ्ज नभएसम्म जारी राखिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment