Comments Add Comment

युभेन्टसबाट रोनाल्डोको च्याम्पियन्स लिग डेब्यू, यस्तो छ डेब्यू इतिहास

२ असोज, काठमाडौं । क्रिष्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टसबाट पहिलो च्याम्पियन्स लिग खेल्न तयार छन् । स्पेनिस क्लब रियल मडि्रडबाट च्याम्पियन्स लिगमा चम्किएका रोनाल्डोले युभेन्टसमा त्यसलाई निरन्तरता दिन सक्लान् ?

रोनाल्डोले मड्रिडबाट ४ च्याम्पियन्स लिगमात्रै होइन, त्यसकै बलमा ४ बालोन डि’ओर पनि जितेका थिए ।

सन् २००९ मा त्यो समयको विश्व कीर्तिमानी मूल्य ८० मिलियन पाउण्डमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका रोनाल्डोले गएको सिजनको च्याम्पियन्स लिग जितेर लगातार तीन सिजन च्याम्पियन्स लिग जित्ने कीर्तिमान नै बनाए ।

रोनाल्डोको व्यावसायिक खेल जीवनमा केही प्रमुख डेब्यू खेललाई विचार गर्दा उनको प्रभाव राम्रो नै देखिन्छ । यसैले च्याम्पियन्स लिगमा बुधबार राति भ्यालेन्सियाविरुद्ध उनको खेल कस्तो हुने हो भन्ने महत्वपूर्ण छ । रोनाल्डोले आˆनो प्रमुख १३ डेब्यू खेलमा ७ गोल गरेका छन् ।

पहिलो व्यावसायिक खेल

२००२ को अगस्टमा स्पोर्टिङ सीपीबाट पहिलो व्यावसायिक खेलमा रोनाल्डो अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । त्यो च्याम्पियन्स लिगको तेस्रो क्वालिफाइङ राउण्ड थियो । त्यो बेला इन्टरनाजियोनल मिलानोसँगको खेल गोलरहित बराबरी भएको थियो । रोनाल्डोले उत्कृष्ट ड्रिबल गरेर दर्शकलाई अचम्मित पारेका थिए ।

पहिलो घरेलु लिग खेल

२००२ को सेप्टेम्बरमा स्पोर्टिङ सीपीबाट पोर्चुगिज लिगमा रोनाल्डोको पहिलो खेल बार्गाविरुद्ध थियो । जसमा स्पोर्टिङ सीपी ४-२ ले पराजित भएको थियो ।

म्यानचेस्टर युनाइटेडबाट पहिलो खेल

रोनाल्डोको पहिलो डेब्यू जित म्यानचेस्टर युनाइटेडबाट नै भएको हो । २००३ को अगस्टमा बोल्टनलाई ४-० ले हराउँदा रोनाल्डोले खेल देखाए पनि गोल गर्न भने सकेका थिएनन् । त्यसै दिन उनले प्रशिक्षक सर एलेक्स फर्गुसनमाथि राम्रो प्रभाव पारेका थिए ।

म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिग

रोनाल्डोले च्याम्पियन्स लिगको प्रमुख खेलमा म्यानचेस्टर युनाइटेडबाट नै पहिलो अवसर पाएका थिए । २००३ को अक्टोवरमा स्टुगार्टलाई २-१ ले हराएको च्याम्पियन्स लिग खेल नै रोनाल्डोको डेब्यू थियो । त्यसबेला स्टुगार्टका गोलकिपरले डिएरियामा रोनाल्डोलाई लडाएपछि म्यानचेस्टर युनाइटेडले पेनाल्टी पाएको थियो । जसमा निस्टेलरोएले गोल गरेर नै युनाइटेडको जीत सम्भव भयो ।

राष्ट्रिय टिमबाट पहिलो खेल

पोर्चुगल राष्ट्रिय टिमबाट रोनाल्डोले खेलेको पहिलो खेल २००४ को अगस्टमा हो । जसमा मैत्रीपूर्ण खेलमा पोर्चुगलले काजगिस्तानलाई १-० ले हराएको थियो ।

पहिलो डोमेस्टिक कप फाइनल

एफए कप फाइनलमा २००४ को मे महिनामा रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट मिलवालविरुद्ध खेलेका थिए । जसमा युनाइटेड ३-० ले विजयी भएको थियो ।

प्रतियोगितामा पहिलो अन्तर्राष्ट्रिय खेल

२००४ मा युरो कपमा रोनाल्डोले पोर्चुगलबाट गि्रसविरुद्ध खेलेका थिए । जसमा रोनाल्डोकै फलले पेनाल्टी पाएर गि्रसले अग्रता दोब्बर पारेको थियो । जसमा खेलको अन्तिमतिर उनले हेडमार्फत गोल गरेका थिए । पोर्चुगल २-१ ले पराजित भएको थियो ।

पहिलो अन्तर्राष्ट्रिय फाइनल

२००४ मा नै युरोको फाइनलमा पोर्चुगलले ग्रिसविरुद्ध नै खेलेको थियो । जसमा १-० ले पराजित भएपछि भावुक बनेका रोनाल्डोले ‘हामीले यसरी हार्नुपर्ने थिएन’ भन्ने प्रतिक्रिया दिएका थिए ।

च्याम्पियन्स लिगमा पहिलो फाइनल

२००८ को मे महिनामा म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फाइनलमा चेल्सीसँग प्रतिस्पर्धा गरेको थियो । जसमा निर्धारित समयको खेल १-१ को बराबरी भएको थियो । जसमा रोनाल्डोले नै गोल गरेका थिए । पेनाल्टीमा युनाइटेडले ६-५ ले हराउँदा रोनाल्डोले पहिलो च्याम्पियन्स लिग जिते ।

रियल मड्रिडबाट पहिलो खेल

रोनाल्डोले रियल मड्रिडबाट खेलेको पहिलो खेल २००९ को अगस्टमा हो । जतिबेला मड्रिडले डेपोर्टिभो ला कोरुनालाई ३-२ ले हराएको थियो । रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए ।

रियल मड्रिडबाट च्याम्पियन्स लिग

२००९ को सेप्टेम्बरमा रोनाल्डोले रियल मड्रिडबाट च्याम्पियन्स लिगको पहिलो खेल खेलेका थिए । जसमा जुरिचलाई मडि्रडले ५-२ ले हराएको थियो । खेलमा रोनाल्डोले फ्री किकमार्फत उत्कृष्ट दुई गोल गरेका थिए ।

रियल मड्रिडबाट च्याम्पियन्स लिग फाइनल

रियल मड्रिडबाट रोनाल्डोले च्याम्पियन्स लिग फाइनलमा २०१४ को मे महिनामा खेलेका थिए । जसमा रियल मड्रडले एथ्लेटिको मडि्रडलाई ४-१ ले हराएको थियो । रोनाल्डोले पाएको एक पेनाल्टीमा गोल गरेका थिए । खेलपछि रोनाल्डोले फुटबलमा आफ्नो उत्कृष्ट वर्ष भन्दै खुसी व्यक्त गरेका थिए ।

युभेन्टसबाट पहिलो खेल

रोनाल्डोले सिरी ए मा युभेन्टसबाट पहिलो खेल २०१८ को अगस्ट १८ मा खेलेका थिए । जसमा युभेन्टस ३-२ ले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment