Comments Add Comment

सरंक्षणवादका कारण विश्व अर्थतन्त्रमा आँधी आयोः अर्थमन्त्री

२ असोज, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले यतिबेला विश्व अर्थतन्त्रमा आँधी आएको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले पछिल्लो समय विश्व अर्थतन्त्रमा आँधी आएको बताएका हुन् ।

‘अहिले दुई किसिमको आँधि आइरहेको छ, एउटा प्राकृतिक आँधी र अर्को विश्व अर्थतन्त्रमा समेत केही आधिहरु समेत आइरहेका छन्’ अर्थमन्त्री खतिवडाले भने, ‘व्यापारमा संरक्षणबाद र एक किसिमका आर्थिक संरक्षणबादमा कुराहरुले गर्दा कुनै अर्थतन्त्रप्रतिको, कुनै मुद्राप्रतिको विश्वासमा परिवर्तन भइराखेको छ ।’

विश्वव्यापी रुपमा अमेरिकी डलरको तुलनामा अन्य मुद्राहरु अवमूल्यन भएको भन्दै उनले त्यसको असर भारतीय मूल्यमा पनि परेको र नेरु-भारु विनिमय दरका कारण नेपाललाई समेत असर परेको बताए ।

विश्व अर्थतन्त्रमा पछिल्लो समय देखिएको विषयलाई सकरात्मक र नकरात्मक दुबै किसिमले हेर्नु पर्ने उनले बताए । मुद्रामा भएको अवमूल्यनले नेपाललाई फाइदा भन्दा पनि बेफाइदा धेरै हुने अर्थमन्त्री खतिवडाको तर्क छ ।

उनी भन्छन्, ‘लामो समयसम्म मुद्राको अवमूल्यन भइरहँदाखेरी वस्तु र सेवा दुइवटै निर्यातकर्ताले प्रोत्साहन पाउने त हुन्छ, तर हाम्रो त्यो क्षमता नबढुञ्जेलसम्म लाभ लिन सक्ने कुरा हुँदैन । यसर्थ हामीले हाम्रो क्षमता बढाउने कुरामा ध्यान दिन सक्ने लाभ पनि लिनसक्छौं ।’

कतिपय वस्तुहरुको आयात महंगो हुने र त्यस कारणले आयात प्रतिस्थापनसँग सम्बन्धित कतिपय नीतिहरुलाई विनिमय दरको नयाँ प्रवृतिले सहयोग पुर्‍याउने बताए ।

अमेरिकी डलरको मूल्य बढ्दा रेमिट्यान्स गर्नेलाई केही रकम फाइदा हुने भए पनि निर्यात गर्न नसक्दा बेफाइदा हुने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment