Comments Add Comment

संविधान दिवसका अवसरमा बसन्तपुरमा लोकतन्त्र मेला

१ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा काठमाडौंको बसन्तपुरमा ‘लोकतन्त्र मेला’ को आयोजना गरिने भएको छ ।

संघीय राष्ट्रिय सभा विधायन ब्यवस्थापन समितिको आयोजनामा असोज ४ गतेदेखि ३ दिनसम्म हुने लोकतन्त्र मेलामा राजनीतिक दलका स्टलहरु रहनेछन् । ती स्टलमार्फत जो कोहीले ती दलका राजनीतिक दर्शन र सिद्धान्तबारे जानकारी लिन सक्ने आयोजक विधायन समितिले जानकारी दिएको छ ।

‘मेलामा राष्ट्रिय दलको मान्यता प्राप्त चार दलका स्टलहरु रहनेछन् । ती स्टलहरुमा संबन्धित दलका भातृसंस्थ्ााहरुले बिभिन्न खालका अन्तक्रिर्यात्मक कार्यक्रमहरु आयोजना गर्नेछन्’, मंगलबार आयोजित पत्रकार सम्मेलनमा सभापति परशुराम मेघी गुरुङले भने, ‘मेलामा खुलामञ्च समेत रहनेछन् । र ती मञ्चमार्फत जो कोहीले आफ्ना विचार निर्धक्क राख्न सक्नेछन् ।’

बहुदलीय संस्कृतिको विकास र समवेशी लोकतन्त्रको अभ्यासमार्फत समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए ।

मेलामा गोष्ठी नै गोष्ठी, बैठक नै बैठक हुने र अन्तर्राष्ट्रिय कार्यशालाको आयोजना गरिएको सभापति गुरुङले जानकारी दिए । ‘५ र ६ गते नासालचोक भित्र अन्तर्राष्ट्रिय गोष्ठी सञ्चालन हुनेछ भने बाहिर मेलाका रुपमा विभिन्न प्रदर्शनीहरु रहनेछ’, उनले भने, अन्तर्राष्ट्रिय गोष्ठीमा वेलायत, डेनमार्क, केन्या, पाकिस्तान, भारत र नेपालका सांसदहरुको सहभागिता रहनेछ ।’

मेलामा १० लाख बराबर खर्च हुने अनुमान गरिएको छ । त्यो खर्च संघीय संसद सचिवालयले बेहोर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment