Comments Add Comment

हाफ म्याराथनमा गोपीचन्द्र पहिलो

काठमाडौं । नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की हाफ म्याराथनमा मंगलबार पहिलो भएका छन् ।

संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीले १ घण्टा १० मिनेट ५३ सेकेन्डमा पूरा गरेका हुन् ।

उनले ५० हजार नगद पुरस्कार हात पारे । चाथौ पटक हाफ म्याराथनमा सहभागिता जनाएका पार्कीले दोश्रो स्वर्ण हो । यसअघि गोपीले २०७२ सालमा भएको कान्तिपुर हाफ म्याराथन जितेका थिए ।

नेपाली सेनाका होमलाल श्रेष्ठ दोश्रो भए । उनले १ घण्टा ११ मिनेट ०५ सेकेन्डमा दौड सिध्याए । तेश्रो भएका सेनाकै हरिकुमार रिमालले १ घण्टा १२ मिनेट २५ सेकेन्ड समय खर्चे । हरि १२ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत ५ हजार मिटर दौडका कांस्य विजेता हुन् ।

सेनाकै खगेन्द्र भाट चौथो भए । उनले निर्धारित दूरी पूरा गर्न १ घण्टा १२ मिनेट ४३ सेकेन्ड समय लगाए ।

दोश्रो हुनेले ३० हजार, तेश्रोले २० हजार पाए । त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः राखेपमै आएर टुंगिएको म्याराथनमा ९५ पुरुष खेलाडी सहभागी थिए ।

संविधान दिवसकै अवसरमा राखेपले आयोजना गरेको मैत्रीपूर्ण टी- २० क्रिकेटमा नेपाल रातोले जित हात पार्‍यो । टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपाल रातोले नेपाल नीलोलाई ६ विकेटले पराजित गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment