Comments Add Comment

टी-२० विश्वकपका एसियन छनोट खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा

२ असोज, काठमाडौं । टी-२० वर्ल्डकपको एसियन छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

एसियन छनोट ‘बी’का खेलहरु आगामी अक्टोबर ३ देखि १३ सम्म मलेसियामा हुनेछ । नेपालसँगै सिंगापुर, मलेसिया, भुटान, तीन, म्यानमार र थाइल्याण्ड यो समूहमा छन् ।

समूहको शीर्ष तीन टोलीले एसियन छनोट फाइनल खेल्नेछ ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी र ललित भण्डारी छन् ।

यस्तै ललित नारायण राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, सागर पुन, सन्दीप लामिछाने, साहब आलम, शरद भेषावकर, सोमाल कामी र सुनिल धमला छन् ।

टिममा सुवास खकुरेल स्थान बनाउन असफल भए । रोहितकुमार पौडेल भने यू-१९ एसिया कपमा हुने भएकाले टिममा छैनन् ।

नेपालले अभ्यास यही बिहीबारदेखि थाल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment