Comments Add Comment

‘भजन सम्राट’ की ३७ वर्ष कान्छी हट प्रेमिका

भारतमा ‘भजन सम्राट’ भनेर चिनिने गायक अनुप जलोटा उमेरले ६५ वर्षका भए । यो वृद्धावस्थामा उनी आफूभन्दा ३७ वर्ष कान्छी युवतीसँग डेट गरिरहेका छन् । रियालिटी शो ‘बिग बोस’ मा जोडीका रुपमा सहभागी भएपछि उनीहरुको सम्वन्ध खुलेको हो । जलोटाकी प्रेमिका जसलिन मथारुले आफूहरुबीच ३ वर्षदेखि अफेयर रहेको दावी गरिन् ।

‘हामी तीन वर्षदेखि लुकिछुपी डेट गरिरहेका छौं, हाम्रो सम्वन्धका बारेमा परिवार र साथीभाईलाई पनि थाहा छैन,’ उनले भनिन् । जसलिन एक गायिका र डान्सर हुन् । उनी निकै ‘हट’ छिन् । शान्त र सौम्य देखिने बयोवृद्ध गायकले यस्ती हट प्रेमिका कसरी सम्हालिरहेका होलान् भनेर दर्शकहरु चकित परेका छन् ।

तर, कतिपयले चाहिँ चर्चामा आउनका लागि उनीहरुले अफेयरको नाटक गरेको आरोपसमेत लगाएका छन् । बिग बोसले आफ्नो टिआरपी बढाउनका लागि यस्ता अनेक फन्डा पनि गर्ने गर्छ । बीग बोसमा प्रवेश लगत्तै यो जोडी सर्वाधिक चर्चित बनेको छ । एक जनाले जसलिनलाई सोधे, ‘तपाईंहरु श्रीमान-श्रीमती हो कि, मंगेत्तर हो कि प्रेमिका-प्रेमिक हो ?’

त्यसमा जसलिनले सिधा उत्तर दिइनन् । ‘हामी जोडी हौं, अहिलेलाई यत्ति बुझ्नुस,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment